२०६९-०९-०७
फिल्मी अपडेट ,काठ्माण्डौ
‘होस्टेल’को लागी कलाकार फाईनल / दोश्रो पुस्ताको शाहभागिता
दुर्गिश फिल्म्सको दोश्रो प्रस्तुती रहने चलचित्र ‘होस्टेल’को लागी कलाकार तय भएकाछन यद्दपी कलाकार भने पुराना नै हुन भन्दा फरक नपर्ला ।
हाल प्रि प्रोडक्सनमा रहेको चलचित्र ‘होस्टेल’ मा नेपालि चलचित्रमा बिगत लामो समय देखि काम गर्दै आएका बिभिन्न चलचित्रकर्मीहरुको सन्तानले मुख्य पात्रको स्थान पाएका छन् । नेपालि चलचित्रकर्मी
अथवा कलाकारका छोराछोरीको जम्बो टोली यस चलचित्र ‘होस्टेल’को लागि फाईनल भएकाछन ।
नाम यसप्रकार रहेकाछन :
कलाकार टिका पहाडीका छोरा गौरव पहाडी

मेकअप आर्टिस विपना बस्नेतकी छोरी रिश्ता बस्नेत

निर्देशक शोभित बस्नेतका छोरा शलोन बस्नेत

नायक भुवन के.सीका छोरा अनमोल के.सी
यस अघि सफल चलचित्र "सायद " निर्माण गरेका निर्माता सुनिल रावलले आफ्नो पहिलो चलचित्रमा पनि कलाकारकै छोरालाई पहिलो पटक नायकको रुपमा पर्दामा उतारेका थिए यद्दपि चलचित्र राम्रो बन्यो ,राम्रो चल्यो र कलाकार नारायण पुरीका छोरा संयम पुरी पनि नेपालि चलचित्रमा स्थापित नायक बने ।
किन नयाँ अनुहारलाई नै फिल्म मा मौका र त्यस्मा पनि कलाकारकै छोरा छोरी भने प्रश्नमा उने फिल्मी अपडेट सँग यसो भने "उनीहरुमा कलाकारीता सम्बन्धी ज्ञान पहिले देखि नै नसा नसामा पसिसकेको हुन्छ, त्यसैले मैले कलाकारका सन्तानलाई छानेको हुँ ।"

माघ १५ गतेबाट छ्याँकनमा जान लागेको चलचित्र ‘होस्टेल’ मा निर्माता सुनिल रावल विशेष भुमिकामा देखिने भएका छन् यद्दपि चलचित्रलाई हेमराज क्षेत्रीले निर्देशन गर्दैछन् ।
शिशिर भण्डारी, विजय कुँवर लगायत कलाकारहरुको पनि अभिनय रहने यस चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी एवम अष्ट महर्जनको द्धन्द्ध रहनेछ भने चलचित्रमा स्याडोज व्यान्ड, विवश पौडेल, प्रतिक सापकोटा, अर्जुन पोखरेलको संगीत रहनेछ । गोविन्द राईको नृत्य निर्देशन रहने यस चलचित्रमा ४ जना संगीतकारहको संगीतलाई सुन्न सकिनेछ भने यसै चलचित्र बाट सिन्सन थापाले डेब्यु गर्दैछिन ।
यस चलचित्रको ३५ दिनमा सुटिङ प्याकअप हुने र बजेट ५० लाख भन्दा माथि रहनेछ ।
0 comments:
Post a Comment