२०६९-०९-०७
फिल्मी अपडेट ,काठ्माण्डौ
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र 'साँघुरो' को अनुहार सार्बजानिक
रिलिजको क्रममा रहेको चलचित्र 'साँघुरो' को फस्टलुक सार्बजानिक गरिएको छ । अहिलेका अधिकासं चलचित्रहरुमा पुराना निर्माता एवम निर्देशकको नाम भन्दा पनि युवा निर्देशकको नाम अगाडी देखिन्छ यस्तै यसै क्रममा युबा निर्देसकको पगरी भिर्दै निर्देशक जोएस पाण्डेले चलचित्र 'साँघुरो' को निर्माण गरेका छन् ।

आज राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा चलचित्र 'साँघुरो' को बारेमा जानकारी दिनको लागि गरिएको पत्रकार भेटमा चलचित्र 'साँघुरो' को बारेमा चलचित्रका टिमले उपस्थित पत्रकारहरुलाई जानकारी गराएका थिए। र आजै युनिटले चलचित्र फस्टलुक सार्वजनिक गरेको छ
समिर मैनाली प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो।

मदन गोपालको संगीत र अविरल थापाको गीत रहेको यस चलचित्र लाइ बिनोद पौडेलले लेखेका हुन् भने निर्माता समिर मैनाली हुन् । सुसन प्रजापतीले छायाँकन गरेको यस चलचित्रमा शुशांक मैनाली, दीया मास्के, दयाहाङ राई, अरूणा कार्कीको मुख्य भुमिका रहेको चलचित्र यौन मनोविज्ञानमा आधारित रहेको छ ।
आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै निर्देशक पाण्डेले भने "नेपाली समाजमा घटिरहेको यथार्थ घटनालाई चलचित्रमा मुख्य बिषय बनाएका छौ।" मेरो चलचित्रको लगानी थोरै छ र मा मेरो लगानी बिदेशी बजारबाट नै उठाउने छु।" यद्दपि चलचित्र को सार्बजानिक प्रदर्शन मिति भने तय भएको छैन ।

0 comments:
Post a Comment