123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:31 PM
0



२०६९-०९-०८
फिल्मी अपडेट ,काठ्माण्डौ


सलामान खान २५ करोड ‘दबंग २’
सलमान खानको फिल्म ‘दबंग २’ ले राम्रो शुरूवात गरेको छ । यसले यसअघिका फिल्मका रेकर्ड तोड्दै रिलीजको पहिलो दिन शुक्रवार यस फिल्मले २५ करोड रुपयाँको कमाई गरेको छ । यददपी फिल्मले गर्ने अरू कमाइ त विकेन्डमा हेरेपछि थाहा हुनेछ, जसका लागी निकै ठुलो एडभान्स्ड बुकिङ भएको छ । बलिउडमा बिदा नपरेको दिनमा रिलीज भएको कुनैपनि फिल्मको यो सबैभन्दा धेरै कमाई हो । यस पछि अक्षय कुमारको फिल्म ‘राउडी राठौर’ को नम्बर आउँदछ, जसले १५ करोडको कमाई गरेको थियो ।



हुन सक्छ यस फिल्मको यो ओपनिङ सलमानका लागि निकै कम होला, किनभने उनको फिल्म ‘एक था टाइगर’ ले पहिलो दिनमानै ३३ करोड कमाएको थियो, यद्दपी यो फिल्म १५ अगष्टका दिन रिलीज भएको थियो । अहिले सम्म त सलमान खानको फिल्म धेरैजसो सिङ्गल स्क्रीन थिएटर्समानै कमाल गर्न सफल भएको थियो, तर अब यस फिल्मबाट भने सलमान मल्टिप्लेक्सेजहरूमा पनि निकै छाएका छन् । २३ बर्ष अघि पहिलो डेब्यू ब्लकबास्टर ‘मैने प्यार किया’ पछि सलमानको दोश्रो फिल्म क्रिसमसको अबसरमा रिलीज भएको छ । सलमान खानको फिल्म ‘दबंग २ ‘ अहिले १३०० मल्टिप्लेक्सेजमा रिलिज गरिएको छ । अबका दिनहरूमा यस फिल्मले कस्तो कमाइ गर्ने हो, त्यसका लागी भने केही समय कुर्नैपर्छ ।

0 comments: