२०६९-०८-२५
प्रणप सुबेदी ,काठ्माण्डौ
बिगत लामो समय देखि नेपाल बाहिर रहेका नायक सरोज खनाल नेपाल फर्किए
सरोज खनाल फेरि नेपाली सिनेमा जगतमा 'मानव' मार्फत फर्केका छन् । मानवमा पोखरेली युवती श्वेता भट्टराईसँग अनस्क्रिन रोमान्स गरेका नायक सरोज खनाल आफ्नो चलचित्र "मानब"को प्रमोसनको लागि नेपाल आएका छन् । हिजो सनिबार राति नेपाल आएका अभिनेता सरोज खनाल अब चलचित्र "मानब"
को प्रमोसन मा लाग्ने स्रोतले बताएको छ ।
स्मरण रहोश चलचित्र "मानब" मा श्वेता र अर्की मोडल दीपशिखा पनि अभिनेता सरोजको अपोजिटमा देखापर्दैछन् । चलचित्र "मानब" मा नायक सरोज खनाललाई
निर्देशक यादव सिलवालले लभरब्वाइका रुपमा देखाएका छन । चलचित्र "मानब"को छ्यानाकन सकिएको तिन हप्ता पछी नायक सरोज खनाल अमेरिका गएका थिए र १६ वर्ष पछि पुन चलचित्रको पर्दामा उनिदेखिएका छन् चलचित्र "मानब" मार्फत ।
चलचित्र "मानब" लाई संचारकर्मी कुमार आचार्यले निर्माण गरेका हुन् ।

अनस्क्रिनमा रातेकाइँला उर्फ सुनिल थापासँग सरोजको घमासान पर्नेछ । 'यो प्रोजेक्टका लागि सरोजजीलाई दुइवर्षभन्दा बढी कुरेको थिएँ र उहाँ आएपछि मात्र काम सुरु गरेका हौ ' निर्माता कुमार आचार्य भन्छन 'उहाँका अघिल्ला फिल्ममा भन्दा पूर्णरुपमा गेटअप र भूमिकामा प्रस्तुत गर्न लागेको हुँ ।' सरोजसँग सँगै काम गर्न लागेका मोडलद्धय दीपशिखा र श्वेता पनि उत्साहित छन् ।
श्वेताले यसअघि यादब यादब सिलवालको अघिल्लो प्रोजेक्ट 'तिमी जहाँ भएपनि'बाट डेब्यु गरेकी थिइन् । यहाँसम्मकी 'मानव'लाई ड्रीमप्रोजेक्ट बताएका सिलवालले सरोजका लागि भनेरै स्क्रिप्ट तयार पारेका थिए । १६ र्षपछि यी हिरोले नेपाली सिनेमा कमब्याक गरेका हुन् ।

0 comments:
Post a Comment