२०६९-०९-०७
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र कलाकार संघको बनभोज कार्यक्रम सम्पन्न / कलाकारहरुको पस्थिती भने आशा गरिए अनुसारको देखिएन
आज शनिबार गोदावरीको खुल्ला चौरमा कलाकारहरुको ठुलै जम्घट भयो । चलचित्र कलाकार संघको अध्यक्ष पदमा नवल खड्का निर्वाचित भएपछि आयोजना गरिएको पहिलो बनभोज कार्यक्रममा नेपालि कलाकारहरुको राम्रै उपस्थिति रहेको थियो ।
हुन त गोदावरीमा कलाकार पुग्नु कुनै नौलो कुरा हैन तर आज् सबै जसो नेपालि कलाकारहरु ललितपुरको गोदाबरीमा पिकनिक मनाउन पुगेका थिए भने उपस्थित कलाकारहरुलाई हेर्न संगै बशेर फोटो खिच्न तथा अटोग्राफ लिन शुभचिन्तक तथा प्रशंसकहरु पिकिनिक स्थलमा नै पुगेका थिए ।
कलाकार-कलाकारहरु बिच सम्वन्ध निकट बनाउन र रमाइलो गर्ने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको बताय उपस्थित कलाकारहरुले ।
नायक शिव श्रेष्ठ,कलाकार बशुन्धरा भुषाल, नायक तथा निर्माता आकाश अधिकारी, कलाकार किरण के.सी, नायिका रुपा राना, नायिका सिर्जना बस्नेत, नायिका मौषमी मल्ल, नायक आर्यन सिग्देल, नायिका निशा अधिकारी, हास्य कलाकारद्धय दिपकराज गिरी, दिपाश्री निरौला, गायिका निशा सुनुवार, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष बिमल पौडेल लगायतका धेरै चलचित्रकर्मीहरुको सहभागी रहेका थिए ।
0 comments:
Post a Comment