२०६९-०९-१५
प्रणप सुबेदी ,काठ्माण्डौ
चलचित्र `कलिउड`ले गर्यो पत्रकार सम्मेलन / सफलता पुर्बक सम्पन्न भो भन्न गाह्रो
नेपाली कथानक चलचित्र `कलिउड` ले आज राज्धानिमा पत्रकार सम्मेलनको आयोजना गर्यो । आयोजित पत्रकार सम्मेल सतप्रतिसत सफल भयो भनेर भन्न सकिने बाताबरण भने बनेन ।
यसका केहि कारण यस्तो फिल्मी अपडेटले देख्यो
* प्रमुख अतिथी नै १ घन्टा २० मिनेट ढिलो पुगे ।
* दिनको २ बजे सुरु हुने कार्यक्रम ३;२० मा सुरु ।
* प्रेस बिज्ञप्ती पनि बाँडिएन ।
* सधारण पत्रकार सम्मेलनमा पनि पत्रकार सँग दोहोरो प्रतिर्किया लिने गरिन्छ तर याँहा त्यो बाताबरण थिएन ।
नेपाल चलचित्र पत्रकार संघको स्पिकर कर्नर मार्फत दिनको २ बजे राजाधानिको तीनकुनेमा रहेको सिधार्थ कोटेजमा चलचित्र पत्रकार एबम अन्य मिडिया लाई उपस्थितको लागी म्यासेज गरिएको थियो यद्दपी पत्रकार र मिडिया भने समयमा नै पुगेका थिए तर आयोजित सम्मेलनको जिम्मा लिएको चलचित्र "कलियुड़ " का टिमले भने कार्यक्रम ३:२० मा सुरु गरेका थिए ।
"चलचित्र `कलिउड` पनि नेपालि चलचित्र जगतको कथा बुनेर बनाएकोले यो कार्य्रकम पनि ढिलो सुरु भएको हो" कार्यक्रम सन्चलनको जिम्मा लिएका सन्चार्कर्मी प्रदिप निरौलाले भने ।
नेपालि चलचित्र बर्तमान अबस्थाबाट गुजरिनुको कारण यो पनि हो ।
येसैले हामीले येस्ता कुराको आवाज बेलैमा उठाउनु पर्छ रास्ट्रको चौथो अंग पत्रकार एउटै कार्य्रक्रमको लागि २ घन्टा पर्खनु यो मान्य हैन र हुदैन पनि ,एस्तो कुरा आजै बाट समाप्त हुनु पर्छ ,नेपाली चलचित्रको दिगो बिकास को लागि एस्तो कुराको बेलैमा ख्याल गरे धेरै राम्रो हुने थियो "सबैलाई चेतना भया"
फिल्मी अपडेटलेपोखेको यो बिचार तपाईलाई कस्तो लाग्यो के यो ठिक हो कि बकवास आफ्नो विचार तल कोमेन्टमा दिनुहोला

फिल्मी अपडेटलेपोखेको यो बिचार तपाईलाई कस्तो लाग्यो के यो ठिक हो कि बकवास आफ्नो विचार तल कोमेन्टमा दिनुहोला
फिल्म उधोगको कथालाई बुनेर निर्माण गरिएको चलचित्र 'कलिउड' ले आज राजधानीमा पत्रकार सम्मेलन यबम अडियो बिमोचन को कार्यक्रम सम्पन्न गर्यो ।
आगामी माघ ५ गते देशभर एकसाथ प्रदर्शनमा आउना लागेको चलचित्र 'कलिउड' ले आयोजना गरेको कार्यर्कममा चलचित्रका सम्पूर्ण पात्र नायक आर्यन सिक्देल ,नायिका प्रियांका कार्की, निर्देशक नवराज आचार्य, नायक बिष्णु कार्की, निर्माता टंक कार्की लगाएतकाको उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रममा निर्माता तथा अभिनेता अशोक शर्माका साथै चलचित्र 'कलिउड' का सम्पूर्ण टिमले चलचित्रको अडियो विमोचन गरेका थिए ।

चलचित्रमा जम्मा जम्मी तीन वटा गीत समावेश गरिएको छ जसको शब्द तथा संगीत प्रदीप बाँस्तोलाले तयार पारेका हुन् । चलचित्रका गीतमा श्रेया सोताङ, सिवानी मोत्तान, इन्दिरा जोशी र प्रदीप बाँस्तोलाको स्वर रहेको छ ।

चलचित्रमा जम्मा जम्मी तीन वटा गीत समावेश गरिएको छ जसको शब्द तथा संगीत प्रदीप बाँस्तोलाले तयार पारेका हुन् । चलचित्रका गीतमा श्रेया सोताङ, सिवानी मोत्तान, इन्दिरा जोशी र प्रदीप बाँस्तोलाको स्वर रहेको छ ।
कार्यक्रममा अडियो विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी अशोक शर्माले "कलिउडलाई आश लाग्दो फिल्मको रूपमा हेरेको बताए ।" राम्रो फिल्म सधैं चल्ने बताउँदै कलिउडले पनि सफलाता पाओस् भन्दै शुभकामना समेत दिए ।
स्मरण रहोश सबैले राम्रो आश गरेको यो चलचित्र माघ ५ गते देखि देशभर एकसाथ प्रदर्शन हुदैछ ।
0 comments:
Post a Comment