123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:41 PM
0


२०६९-०९-०९
फिल्मी अपडेट ,काठ्माण्डौ

थाहा भो "शाहरुख खान र बलिउड सुन्दरी कट्रिना कैफको गोप्य कुरा"  
बलिउडका सुपस्टार शाहरुख खान र बलिउड सुन्दरी कट्रिना कैफ यस वर्षको सबैभन्दा उत्कृष्ट रोमान्टिक जोडी ठहरिएका छन्। उनीहरू वास्तविक जीवनभन्दा पर अन स्क्रिनमा उत्कृष्ट जोडी ठहरिएका हुन्। तिहारको मौकामा रिलिज भएर निकै चर्चा कमाउँदै राम्रो बक्स अफिस कलेक्सन गर्न सफल हिन्दी फिल्म जब तक हे जानमा यी दुई नायक–नायिकाले अनस्क्रिन रोमान्स गरेका थिए। यही फिल्मका लागि उनीहरूले द बिग स्टार इन्टरटेन्मेन्ट अवार्डको तर्फबाट बेस्ट रोमान्टिक अनस्क्रिन कपलको अवार्ड हात पारेका छन्। यसको साथमा शाहरुख खानले बेस्ट इन्टरटेनर अफ द इयरको अवार्डसमेत जितेका छन्। उनले यी अवार्ड हात पारेपछि आफू निकै उत्साहित भएको बताएका छन्।

अवार्ड थापेपछि शाहरुखले खुसी हुँदै भनेका थिए– ‘जब तक हे जान मेरो जीवनका लागि सधैं विशेष हुनेछ। मेरो लागि यशराज जहिल्यै पनि धन्यवादका पात्र हुनेछन्। यो अवार्डले मलाई साँच्चै उत्साहित बनाएको छ। मैले कति र के पाएँ भन्ने कुरा ठूलो होइन।’ उनले थपे– ‘कट्रिनासँग यो मेरो पहिलो काम थियो। उनी धेरै मेहनत गर्ने नायिका हुन् र मैले उनको साथमा काम गर्न पाउँदा खुसी लागेको छ।’ जब तक हे जान स्व. यशराज चोपडाले निर्देशन गरेको अन्तिम फिल्म थियो। यो फिल्म रिलिज हुनुअगावै गत अक्टोबर महिनाको २१ तारिखमा उनको निधन भएको थियो। – एजेन्सी

0 comments: