123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:28 AM
0

२०६९-०८-२७
फिल्मी अपडेट ,काठमाण्डौ 

सोचेर मात्र बोल्न अनुरोध - प्रस्तुतकर्ता दिनेश पाख्रिन  


सानो नेपालि चलचित्र बजारमा याँहा एकै दिनमा धेरै नेपालि कथानक चलचित्रहरु  रिलिज हुन्छन साथ् साथै अन्य चलाचित्रहरु पनी रिलिजमा एकै साथ आउँछन तर याँहा नेपालि चलचित्र भने निर्माता मारमा पर्ने गरेका छन् बिदेशी चलचित्रले त आफ्नो लगानीको केहि भाग नेपाल बाट उठाउछन तर नेपालि चलचित्रहरुले भने लगानी पनि सुरक्षित गर्न पाउँदैन विडम्बना ।
र यसरी निर्माताहरु मारमा पर्ने भएपछि आफ्नो चलचित्रको राम्रो माउथ पबलिशिटी गर्नको लागि निर्माता तथा  निर्देशक हदैसम्मको स्टन्ट गर्न पनि पछी पर्दैनन् ।

अब कुरा गरौ नेपालि कथानक चलचित्र "रुद्राक्ष" को प्रदर्शन मिति नजिकै आउदा चलचित्र "रुद्राक्ष"  ले पनि आफ्नो   पबलिशिटी लाई अगाडी बढाएको छ ।

पहिलो क्रममा चलचित्र "रुद्राक्ष" ले आफ्नो चलचित्रको होर्डिङ बोर्ड शहरको बिभिन्न ठाउँमा राखिएको थियो भने अहिले "रुद्राक्ष" ले  विभिन्न मिडियामा चलचित्रको बारेमा जानकारी ,अन्तरबार्ता दिदै हिडेको छ  यद्दपी अन्तर्बर्तामा आफ्नो चलचित्रको बारेमा जानकारी त धेरै दिने तर चलचित्रको खास कथा बारे मुख नखोल्न्न यस्का प्रस्तुतकर्ता दिनेश पाख्रिनले आफ्ना कलाकारहरुलाई अनुरोध पनि गरेका छन  ।

चलचित्र "रुद्राक्ष" प्रस्तुतकर्ता  पाख्रिनले आफ्ना कलाकारलाइ चलचित्रको बारेमा कम बोल्न र सोचेर मात्र बोल्न आदेश दिएको कुरा स्रोतले बताएको छ।

मेरो चलचित्र सस्पेन्स थ्रिलर चलचित्र भएको कारणले पनि मैले यस्तो गर्नु परेको बताउँछन प्रस्तुतकर्ता दिनेश पाख्रिन ।
चलचित्रका मुख्य पात्र नायक ,नायीका लाई  निर्माण पक्षले आफ्नो भूमिकाको बारेमा हल्का र  चलचित्रका बारेमा जानकारि गराउन मात्र आग्रह गरेको छ ।
गोकुल राइले निर्देशन गरेको सस्पेन्स थ्रिलर भनिएको चलचित्र  "रुद्राक्ष" आगामी पुस ६ गते सार्बजानिक प्रदर्शन हुने भएको छ र अहिले चलचित्रको निर्माण टिम एतिबेला चलचित्रको प्रमोसन र पब्लिसिटीमा  लागेको जुटेकोछ ।
"चलचित्र "रुद्राक्ष" को पोस्ट प्रोडक्सनको कार्य सकिएर अव भने चलचित्र रिलिजको लागि तयारभईसकेको र अहिले हामि यसको प्रमोसन रपब्लिसिटीमा जुटेकाछौ" प्रस्तुतकर्ता दिनेश पाख्रिन  ।
चलचित्रमा रोहित कुमार , अनु शाह ,सुनिल थापा ,दिनेश पाख्रिनको प्रमुख भूमिका रहेको छ। चलचित्रका गितमा शंकर अधिकारि घायल का शव्दहरु छन भने संगित बिकाश चौधरिको रहेको छ ।

0 comments: