123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:46 PM
0


२०६९-०९-१५
प्रणप सुबेदी ,काठ्माण्डौ


सकियो छायांकन "जन्जिर" को / बि श  २०७० शलमा प्रदर्शन लक्ष्य 

के आर ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदै गरेको चलचित्र "जन्जिर" को छायांकन सकिएको छ ।हाल  जन्जिरको पोस्ट प्रोडक्सनको काम भैरहेको छ  । चलचित्र "जन्जिर" मा सुनिल रावल , हर्षिका श्रेष्ठ , रिया श्रेष्ठ , जय किसन बस्नेत मोहनकृष्ण श्रेष्ठ, गौतम मुखर्जी, राम गौतम, मोहन श्रेष्ठ, सुनिल गुरुङ, जय कार्की आदिको बेजोड अभिनय रहेको छ ।


बि श  २०७० सालको सुरुवात संगै प्रदर्शनमा आउन लागिएको चलचित्र  ले छायांकन को सम्पूर्ण काम सकिसकेको छ । काठमाण्डौ ,टिस्टुङ पालुङ्ग र दामन लगायतकाको रमणिय स्थानहरुमा छायांकन गरिएको यस चलचित्र लाई प्रस्तुत गरेकाछन करण श्रेष्ठ क्रेजिले ।
चलचित्र जन्जिरमा अभिनेता तथा निर्माता सुनिल रावल पनि पर्दामा देखिने भएका छन् ,यद्दपि चलचित्रमा अभिनेता भुवन के सी को स्थानमा रावल आएका हुन् । पहिले चलचित्रमा नायक भुवन के सी अनुबन्धित भएका थिए तर पछि  भुवन को ठाउँमा रावललाई राखिएको हो  । रावल चलचित्रमा प्रहरीको भूमिकामा देखिने भएका छन् ।

स्मरण रहोश चलचित्र "जन्जिर" नेपालि र भोजपुरी दुवै भाषामा तयार हुने छ
टंक बुढाथोकिको संगित रहेको यस चलचित्रमा  द्धन्द शंकर महर्जनले गरेकाछन । चलचित्र लाई शोबित बस्नेतले निर्देशन गरेकाछन ।

0 comments: