२०६९-०९-०५
फिल्मी अपडेट ,काठ्माण्डौ
चलचित्र "रुद्राक्ष" को पत्रकार भेटघाट / सबैले लगाए रुद्राक्ष्य
नेपाली कथानक चलचित्र "रुद्राक्ष" ले आज राज्धानीमा पत्रकार भेट्घाट तथा आफ्नो चलचित्रको अडियो बिमोचन कार्य सम्पन्न गर्यो ।
दिउशो १ बजे बाट सुरु हुने भनिएको कार्यक्रम अन्तत २:१५ मा सुरु भएको थियो । ढिलाई र समयको ख्याल नगर्नु नेपाली चलचित्रकर्मिको बानी नै परी सक्यो भन्दा फरक नपर्ला ।

आज राजधानीमा आयोजित पत्रकार भेट्घाट तथा अडियो गित सर्बाजनिकको अबसरमा चलचित्र "रुद्राक्ष" का सम्पूर्ण टिम उपस्थित भएका थिए भने कार्य्रक्रमलाई चलचित्र "रुद्राक्ष" का मुख्य पात्र अभिनेता सुनिल थापाले सन्चालन गरेका थिए ,भिन्न शैलीमा भएको पत्रकार सम्मेलनमा
उपस्थित अतिथी ,चलचित्र निर्माता सङका अद्क्ष्य ,चलचित्र प्राबिधिक सङका अद्क्ष्य ,बितरक प्रदिप के उदए लगाएतकाले चलचित्र "रुद्राक्ष" लाई शुभकामान दिएका थिए भने उपस्थित अतिथी तथा पत्रकार हरुलाई रुद्राक्ष्य कै माला पनि लगायिएको थियो ।
+copy.jpg)
आज आयोजित पत्रकार भेट्घाट तथा अडियो गित सर्बाजनिकको अबसरमा चलचित्र "रुद्राक्ष" का महिला पात्र भने कोहि पनि उपस्थित थिएनन स्मरण रहोश चलचित्रमा मोनिका दाहाल ,अनु शाह लगायतकाको पनि मुख्य भूमिका रहेको छ ।
"चलचित्र भित्रका पात्रहरुको नामको अगाडिको अक्ष्यर मिलेर "रुद्राक्ष" बनेको
हो र यो नाम एउटा ब्याण्ड को हो ,र चलचित्रमा म एउटा पाले दाईको भूमिकामा उभिएको छु " अभिनेता सुनिल थापा

गोकुल राइले निर्देशन गरेको सस्पेन्स थ्रिलर भनिएको चलचित्र "रुद्राक्ष" भोलि पुस ६ गते बाट क्यु सिस्टम बाट देशभर करिब पाच दर्जन हलहरुबाट सार्बजानिक प्रदर्शन हुने भएको छ र अहिले चलचित्रको निर्माण टिम एतिबेला चलचित्रको प्रमोसन र पब्लिसिटीमा जुटेकोछ ।
चलचित्रमा रोहित कुमार , अनु शाह ,सुनिल थापा ,दिनेश पाख्रिनको प्रमुख भूमिका रहेको छ। चलचित्रका गितमा शंकर अधिकारि घायल का शव्दहरु छन भने संगित बिकाश चौधरिको रहेको छ । फरक प्रकृतिको चलचित्र निर्माण गरेका दिनेश पाख्रिन आफू पनि नेपाली चलचित्रको एक दर्शक भएको कारण दर्शकलाइ नझुक्याउने बताएका छन । अधिकांश खोक्रा चलचित्र हरु प्रोमो र पोस्टर रुपी बोक्रा देखाइ लोभ्याउने गरेको भएता पनि चलचित्र "रुद्राक्ष" तेस्तो नभएको उनले बताएकाछन ।
0 comments:
Post a Comment