२०६९-०८-२३
फिल्मी अपडेट ,काठमाण्डौ
नायक शिव श्रेष्ठलाइ लाइफ टाइम एचिभमेन्ट अवार्ड द्वारा सम्मान
दुबईमा शुक्रबार सम्पन्न भएको बक्स अफिस फिल्म अवार्डमा नायक शिव श्रेष्ठलाइ लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको छ । साथै कार्यक्रममा विशेष सम्मान-पत्रबाट नायक भुवन केसी, सुमन सिंह, मोहनकृष्ण श्रेष्ठ, मधुकुमार श्रेष्ठ र सुनिल मानन्धरलाई सम्मानित गरिएको थियो ।

सनहिल्स सिनेमा प्रोडक्सन एलएलसी दुबई र बक्स अफिस फिल्मी क्लव नेपाल ले सयुंक्त रुपमा आयोजना गरेको "बक्स अफिस फिल्म अवार्ड" दुबईमा हालै एक कार्यक्रमका बीच सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा दुबईका लागि नेपाली राजदुत धनन्जय झा प्रमुख अतिथिका रुपमा थिए । दुबईको अल नासर लिसरल्याण्डमा अवार्डको कार्यक्रम आयोजना गरिएको थियो भने अधिकांस नेपालि चलाचित्रक्रामी लगायत चलचित्रपत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
पूर्ण मनोरन्जनात्मक बाताबरणमा कार्यक्रमको आयोजना गरिएको थियो ,नायिका रेखा थापा ,गायिका निशा सुनुवार, नायिका पूजना स्त्री, नायक सुमन सिंह,शंकर बीसी, भावना ढकाल,गायिका मुना थापा, आदि कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए ।
कुल ३१ विधा समावेश गरिएको बक्स अफिस फिल्म अवार्डमा ३१ विधामा अवार्ड पाउने कलाकारहरुको नामावली यसप्रकार छ ।
उत्कृष्ट ध्वनी : (फस्ट लभ) माधव वाग्ले,
उत्कृष्ट पाश्र्व गायक : (कसले चोर्यो मेरो मन) दिपक लिम्बु
उत्कृष्ट गायिका : अन्जु पन्त
उत्कृष्ट पाश्र्व संगीत : (बाटोमुनिको फुल) गोपाल रसाईली
उत्कृष्ट गीतकार (कस्ले चोर्यो मेरो मन ) किरण खरेल
उत्कृष्ट संगीत : (कस्ले चोर्यो मेरो मन) लागि सुरेश अधिकारी
उत्कृष्ट सम्पादन : (बाटो मुनिको फुल) विपीन मल्ल
उत्कृष्ट कथा : (दशगजा) लागि नवल खड्का
उत्कृष्ट छायाकंन : (व्याच नं.१६) पुरुषोत्तम प्रधान
उत्कृष्ट बालकलाकार : (श्रीमान)संगम बिष्ट
उत्कृष्ट खलनायक : धिरेन शाक्य
उत्कृष्ट हांस्य कलाकार जयकिशन बस्नेत
उत्कृष्ट चरित्र अभिनेता : निर शाह
उत्कृष्ट चरित्र अभिनेत्री : (दशगजा) शुभद्रा अधिकारी
उत्कृष्ट सहनायक कर्म शाक्य
उत्कृष्ट नवनायक : (बाटोमुनिको फुल) यस कुमार
उत्कृष्ट सहनायिका : निशा अधिकारी
भिउवेर च्वाइस तुलसी घिमिरे(निर्देशक)
भिउवेर च्वाइस : राजेश हमाल(नायक)
भिउवेर च्वाइस : रेखा थापा(नायिका)
भिउवेर च्वाइस : फस्ट लभ(सिनेमा)
भिउवेर च्वाइस : छवि ओझा (निर्माता)
विशेष अवार्ड माधव वाग्ले
हल संचालक : गोपाल कायस्थ
उत्कृष्ट नव नायिका ऋचा शर्मा(फस्ट लभ)
उत्कृष्ट नव निर्देशक : सविर श्रेष्ठ(कसले चोर्यो मेरो मन)
उत्कृष्ट निर्देशक : सुरज सुब्बा (बाटो मुनिको फुल)
उत्कृष्ट नायिका : रेखा थापा(कसले चोर्यो मेरो मन)
उत्कृष्ट नायक : आर्यन सिग्देल(कसले चोर्यो मेरो मन)
उत्कृष्ट सिनेमा : बाटोमुनिको फुल
0 comments:
Post a Comment