सकियो काम "उर्वशी" को
मनिष पन्थको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र "उर्वशी"को छायांकन सम्पन्न भएको छ । फिल्मीअपडेट लाइ प्राप्त जानकारी अनुशार शुभमुहुर्त लगत्तै छायांकन सुरु गरिएको चलचित्र "उर्वशी" ले आफ़्नो सम्पूर्ण सकिसकेको जानकारी निर्देशक मनिष पन्तले दिए ।

एक समय पुर्णिमा जस्तो सफ़ल चलचित्र निर्माण गरिसकेका खगेश्वर पुनको यो दोस्रो चलचित्र हो।हाल
चलचित्रको सम्पादन भैरहेको छ ।
हिमगिरी फ़िल्मसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा रेखा पुन र चिराग थापाको निर्माणमा तयार हुन लागेको हो ।

चलचित्र "उर्वशी" मा अरुणिमा लम्साल, निता ढुंगाना, मुकेश आचार्य, किशोर श्रेष्ठ,किशोर खतिवडा आदि कलाकारहरुको अभिनय रहेकोछ भने चलचित्रलाई दिव्य श्रेष्ठले छायांकन गर्दैछन।
शंकर अधिकारी घायलको गीत तथा बिकाश चौधरिको संगीत रहेको यो चलचित्रको अधिकांश छायाकंन पछिल्लो समय फ़िल्म नगरी बन्दै आएको शहर बुटवलमा गरिदै आयको छ ।
0 comments:
Post a Comment