२०६९-०८-२४
फिल्मी अपडेट ,साईप्रस
एउटा साहशिक आँट X-PECTATION / गायक दया सिवाकोटीको पहिलो एकल एल्बम X-PECTATION को बिमोचन
चितवन ४ पर्साका दया सिवाकोटीले साईप्रसमा बिद्यार्थी जीवनमा संघर्ष गर्दै आफ्नो आफ्नै सब्दमा साईप्रसमा नै एउटा एल्बम तयार छन् जसको हालै एक कार्यक्रमका बीच साइप्रसमा बिमोचन गरिएको छ । साईप्रसका लागि नेपालका राज्दुत ष्री राम जीवन पन्जियर , एन आर एन साईप्रसका अद्क्ष्य श्री चन्द्र किशोर शाह साथै एन आर एन साईप्रसका संक्रक्षक श्री रन्जीत महतो लगाएतकाले एल्बम X-PECTATION बिमोचन गरेका थिए ।

पेसाले बिद्यार्थी दयाले साईप्रसमा निकै संघर्ष पछी बजारमा ल्याएका हुन,स्मरण रहोश दयाको यो पहिलो एल्बम हो ।

कुल ७ ओटा ट्रयाक रहेको एल्बम X-PECTATION मा सम्पूर्ण गीतलाई सब्द सबै प्रस्तुतकर्ता दया सिवाकोटीले नै दिएका हुन् । यद्दपी उनले यस एल्बम X-PECTATION मा तेश्रो ट्रयाकमा एउटा गित भने पूर्ण अंग्रेजी गायका छन् । "Who i m" टाईटल अहिले एक्दम चर्चित बनेको छ । यस एल्बममा रहेको ट्रयाक न ६ को गीतमा र्याप भने काठ्माण्डौ का CHAOS ले गरेका हुन् । साथै यसै एलबमको एउटा गीतमा भने अंग्रेजी सब्द स्कट्ल्याण्डका MATHEW JAMES SWEGSDA ले गरेकाछन । एल्बम X-PECTATION विभिन्न मुलुकमा गई रहेको जानकारी फिल्मी अपडेट लाई प्राप्त भएको छ ।

अन्तरास्ट्रीय नेपालि कलाकार समाज साईप्रसका अदक्ष्य समेत रहेका प्रस्तुतकर्ता दया सिवाकोटी ले फिल्मी अपडेट संग भने "एल्बम X-PECTATION मेरो जीवनको संगीत यात्राको पहिलो चरण हो म अझ रर्मो संगीत रचेर ,गित गाएर आफ्नो देश र कला सस्कृति बिदेशमा पनि चिनाउनेछु" ।

नेपाली युबाहरुले गर्न चाहे भने जहाँ जे पनि गर्न सक्छन, बिदेशको ठाउँमा रहेर पनि दया सिवाकोटीले गरेको यो कार्य अहिले ज्योलन्त उधाहरण बनेको छ ।

यदि तपाई पनि दया सिवाकोटी जी लाई साथि बनाउन चाहानुहुन्छ भने वाँहालाई फेसबुकमा पाउन सक्नुहुन्छ । Daya Sibakoti
फिल्मी अपडेटको तर्फ बाट दया सिवाकोटी जी लाई धेरै धेरै बधाई अनि वाँहाको सांगीतिक जीवनको पनि सुभकामना ।
Songs On Album X-PECTATION
1-Round and round
2-Proud to be Nepali
3- WHo i m
4-Aankhako nani
5- Musukka
6-Soyambar ko fanko(RAP)
7- Proud to be Nepali (Music Track)
0 comments:
Post a Comment