२०६९-०३-२४
प्रणप सुबेदी
आखिर यो मन त मेरो नेपाली हो ।
नेपाली फिल्मी उद्योगमा बढ्दै गएको छाडापनको विरोधमा शिवसेना नेपालले कडा प्रतिवाद गर्ने जनाएको छ । गत केहि दिन अगाडी जारी गरिएको विज्ञप्ती मार्फत् नेपाली कला संस्कृतिमा आघात पुग्ने गरी निर्माण गरिदै आएका नेपाली फिल्म प्रदर्शन र प्रशारण गर्न नहुने जनाएको हो ।
नेपाली चलचित्र लुट पछि नेपाली चलचित्रमा देखिएको छाडापनको सीमा एटिएम फिल्मले नाघेको भन्दै चलचित्र संघले निर्मातालाई कारवाही नै गरेको थियो । अहिले बनि रहेका र प्रदर्शनको क्रममा रहेका अधिकांश चलचित्रले नेपाली मौलिक संस्कृति, हिन्दू संस्कारलाई विर्सेको भन्दै शिवसेना नेपालले तत्काल रोक लगाउनु पर्ने र यो विज्ञप्तीको वेवास्ता गरिएमा घट्न सक्ने सम्भावित घटनाको जिम्मेवार चलचित्र निर्माता र चलचित्रकर्मी हुनु पर्ने चेतावनी समेत दिएको छ ।
0 comments:
Post a Comment