123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:56 PM
0

२०६९-०३-२२
प्रणप सुबेदी

नेपाली संगीतको स्थिती राम्रो छैन तर पनि यहाँ दिनहुँ  जस्तो नयाँ गायक  गायिकाहरु नयाँ सपना को साथमा आफ्नो पाईला अगाडी बडाँउछन र कोसैले ब्यबासाइक सफलता पनि पाउँछन र कोही बिलिन पनि हुन्छन ।

तर अहिले पुन एउटा सफलता को आशा बोकेको आधुनिक गीतको एल्बम "सुर्" नेपाली संगीत को आकास मा देखा परेको छ ।

नेपाली संगीतको क्षेत्रमा सुर नामक  आधुनिक गीतको एल्बम लिएर आएका नव गायक सुरज श्रेष्ठको सांगीतिक सुर साँच्चैनै सुन्न लायकको छ ।

तपाईंको एल्बम मा खाश के छ भनेर फ्लिमी अपडेट को प्रश्नमा उनि भन्छन ।
"म नेपाली संगीत लाई केहि दिन चाहन्छु र मैले यो ब्यबसाइक  सफलता प्रप्त गर्नको लागी " सुर्" लाई बजारमा निकालेको पनि हैन म मात्र बिशुद्ध नेपाली संगीत लाई माया  गर्ने  र संगीत को विद्यार्थी भएको नाता ले मैले " सुर्" निकालेको हु र एस्मा मैले भरपुर मेहेनत पनि गरेको छु एसको उधाहरण  हो अहिले "सुर्"  का  बिभिन्न गीत धेरै मिडियाहरुमा बजेका छन र मलाई धेरै रार्मो रेसपोन्स पनि  प्राप्त भएको छ ।"

रन्जना म्युजिकले बजारमा ल्याएको सुरजको यस एल्बममा ७ वटा गीतहरु समाबेश छन् । एल्बममा सुरेश अधिकारी, सन्तोष प्रधान, बुद्ध स्याँङ्बा, चेतन चुडालको संगीत रहेको छ भने अर्जुन कार्की, सन्तोष प्रधान, रमेश कोइराला, कृष्ण सुनुवार, बि ।पि । वाग्लेका शब्द रहेका छन् ।
एल्बमको 'एउटा कुरा' बोलको गीतको म्युजिक भिडियो बनाई सकिएकोले अब लगातार प्रोमोसनमा लागेका गायक सुरज श्रेष्ठका कर्णप्रिय गीतहरु लोकप्रिय बन्दै गैरहेका छन् । नेपाल भरिका एफएम रेडियोहरुमा गीत पठाइ सकिएकोले छिट्टै प्रतिक्रिया थाहा हुने गायकको विश्वास छ ।

0 comments: