२०६९-०३-३०
प्रणप सुबेदी
मायाँ त दुई आत्मा को मिलन हो , मायाँ भित्र जिवन हुन्छ भने मृत्तु पनि हुन्छ ।
नेपाली चलचित्र बजार मा अथवा रजतपट मा सत्य कथामा आधारित चलचित्र कमैले मात्र बनाउँछन र कुनै सफल पनि हुन्छ र चल्छन पनि ।
एस्तै सफल निर्माता गोबिन्द शाही ले बनाएको चलचित्र "संसार आफ्नै" नेपाली रजतपट मा एउटा सत्त्य कथा बोकेर आएको नेपाली कथानक चलचित्र हो ।
"मर्न त सजिलो छ तर बाच्न एक्दम गाह्रो छ "
मन छुने डाईलगहरुको समिश्रण का साथै सत्त्य कथा बोकेको नेपाली कथानक चलचित्र "संसार आफ्नै" का निर्माता तथा नायक गोबिन्द शाही अहिले आफ्नो चलचित्र "संसार आफ्नै" को प्रोमोसन मा बेस्थ छन ।
सुक्रबार मात्रै उनि आफ्नो गृह जिल्ला नेपालगन्ज पुगेर चलचित्र को प्रोमोसन को काम सकी पुन सनिबार काठ्माण्डु फर्केका छन ।
चलचित्र "संसार आफ्नै" एउटा सत्य कथामा आधारित चलचित्र हो र चलचित्रले मायाँमा त्याग र समर्पण को कुरा गरेको छन भने चलचित्रमा उनि नायकको रुपमा देखा परेका छन ।
सफल चलचित्र बनाउनेहरुको सुचिमा पर्ने नायक तथा निर्माता गोबिन्द शाहिले यसअघी बनाएको नेपाली कथानक चलचित्र "कहा छौ कहा" ले नेपाली रजतपटमा छोडेको सफलताको छाप समझन लायकको छ तेसैले पनि अहिले नेपाली चलचित्र को दर्शकहरुले नायक तथा निर्माता गोबिन्द शाही को चलचित्र "संसार आफ्नै" लाई आफ्नै ठानेर हेर्नेछन भनेर आशा लिन सकिन्छ ।
झरना थापा ,गोबिन्द शाही, सुमन सिंह लगाएतकाको अभिनय चलचित्रमा हेर्न पाइनेछ भने चलचित्र मा दोन्द अश्ट महर्जन को रहेको छ चन्द्र सुर्य, बसन्त साप्कोटा तारा प्रकाश लिम्बु को संगीत रहेको चलचित्र को गीत अहिले युटुब हिट गित मध्यमा पर्दछ भने कम समयएमा हिट बन्न पुगेको यस चलचित्रको गितहरु अहिले बिभिन्न मिडिया हरुमा हरपल बज्ने गरेका छन ।
शिब संकर फ्लिम्स को ब्यनरमा बनेको चलचित्र "संसार आफ्नै" पुर्णरुपमा सत्य कथामा आधिरित चलचित्र हो र चलचित्र अब यहि श्रावण १८ गते मोफसल र श्रावण १९ काठ्माण्डौ मा सर्बजानिक प्रदर्शन हुने भएको छ ।
चलचित्रलाई दुवइ,कतार, कोरिया,जर्मन लगायत नेपालीको बढि बसोबास भएको बिदेशी बजार मा पनि लाने छौ " भन्दै पूर्वनिर्धारित मिती श्रावण १२ गते बाट सारेर मितीमा फेरबदल गरेका थिए निर्माता गोबिन्द शाहिले।
चलचित्र "संसार आफ्नै" लाई फिल्मी अपडेट को शुभकामना

1 comments:
गोबिन्द जि मलाई तपाईंको फ्लिम एक्दम मन पर्छ im waiting ur movie है त
Post a Comment