123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:24 PM
0



२०६९-०४-०४
 राज सुबेदी  (बेनि)




 "संसार आफ्नै" 
नेपाली चलचित्र बजार मा अथवा रजतपट मा सत्य कथा मा आधारित चलचित्र कमै ले मात्र बनाउंछन र कुनै सफल पनि हुन्छ र चल्छन पनि ।
एस्तै सफल निर्माता गोबिन्द शाही ले बनाएको चलचित्र  "संसार आफ्नै"  नेपाली रजतपट मा एउटा सत्त्य कथा बोकेर आएको नेपाली कथानक चलचित्र हो ।
नेपाली कथानक चलचित्र "कहा छौ कहा" बाट ठूलो सफलता हात पारेका थिए निर्माता गोबिन्द शाही ले  । सफल चलचित्र बाउने निरमाता गोबिन्द शाही ले एस्तै सत्त्य कथा र संगीत को मिठो सँगम भएको नेपाली कथानक चलचित्र :"संसार आफ्नै" लिएर  पुन नेपाली   रजतपट  मा देखा परेका छन  ।
शिब संकर  फ्लिमको ब्यनर मा बनेको चलचित्र "संसार आफ्नै"  मा बसन्त साप्कोटा र तारा प्रकाश लिब्मु को संगीत रहेको छ भने
चलचित्रमा झरना थापा गोबिन्द शाहि सुमन सिंह आदि कलाकारको अभिनय रहेको छ ।



"हाइवे"
बर्लिन फिल्म फेस्टिबलमा नेपालको प्रतिनिधित्व गरेर इतिहास रच्न सफल चलचित्र हाइवे् आगामी साउन ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । दीपक रौनियारले निर्देशन गरेको यो चलचित्र हरेक दृष्टिकोणबाट उत्कृष्ट बनेको बताइन्छ । चलचित्रमा पाँच भिन्न उपकथा समेटिएको छ । यसमा इलामबाट काठमाडौं हिंडेको यात्रुवाहक बसको यात्रालाई मुख्य विषय बनाइएको छ । चलचित्रमा वैदेशिक रोजगारीमा जाने लाहुरेको पीडा, यौनकर्मीको कथा, टिनएजर रिलेसनसिप, पढेलेखेका बुद्धिजीवी नेपाल आएर केही गर्न खोज्दा भोग्नुपरेका समस्या तथा समलिंगीहरुको सम्बन्धलाई मुख्य विषय बनाइएको छ ।

"थ्री लर्भस"
सुरेशर्दपण पोखरेलले र्निदेशन गरेको चलचित्र थ्री लर्भस दर्शकहरुले प्रतीक्षा गरेका चलचित्रको सूचीमा छ । आगामी भाद्र २९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउने यो चलचित्र निर्देशक पोखरेलको यो पाँचौं चलचित्र हा े। बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठले निर्माण गरेको थ्री लर्भस लाई सस्पेन्स थ्रीलरका रुपमा तयार पारिएको बताइन्छ । चलचित्रमा प्रेमलाई फरक फरक दृष्टिकोणबाट चित्रण गरिएको छ । चलचित्रमा नयाँ कलाकारको बाहुल्य छ ।

"मायाज बार"
दिनेश डिसीद्वारा र्निदेशित चलचित्र ्ुमायाज बार्ु प्रतीक्ष्ाित चलचित्र हो। आगामी साउन १८ गतेदेखि देशव्यापी प्रर्दशन हुने यो चलचित्रका निर्माता सुनिल मानन्धर हुन । यो चलचित्रलाई एकै पटक ६० वटा सिनेमा हलमा प्रर्दशन गर्ने लक्ष्य छ । चलचित्रलाई नेपालसहित विदेशमा पनि एकै दिन प्रर्दशन गरिनेछ । राजेश हमाल खलनायकका रुपमा प्रस्तुत हुने फेन्टासी श्रेणीको यो चलचित्रका छायांकार पुरुषोत्तम प्रधान हुन ।

"ब्ल्याकमेल"
आगामी भदौ २९ गतेदेखि देशव्यापी प्रर्दशनमा आउने चलचित्र ब्ल्याकमेल् निर्देशक मधुसूदन भट्टराईको पहिलो निर्देशन हो । दर्शकहरुूले मन पराउने अनुमान गरिएको यो चलचित्रको निर्माण शरद अधिकारीले गरेका हुन । पोखरा तथा आसपासका क्षेत्रमा छायांकन गरिएको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । यो चलचित्रलाई एक्सन तथा थ्रीरलर श्रेणीमा राखिएको छ । पोखराकी श्वेता भट्टराई यही चलचित्रबाट नायिकाका रुपमा डेब्यू र्गदैछिन ।


"धूवाँ"
चलचित्र धूवाँ्ु मा आर्यन सिग्देल र निशा अधिकारीले मुख्य भूमिका निर्वाह गरेका छन । यो चलचित्रको निर्देशन लक्ष्मण रिजालले गरेका हुन्।। रामप्रसाद रिजालको र्निमाण रहेको यो चलचित्रमा आर्यनलाई नयाँ शैलीमा प्रस्तुत गरिएको बताइन्छ ।

"के म तिम्रो साथी बन्न सक्छु"
नेपाल बाहिर प्रर्दशन भैसकेको चलचित्र के म तिम्रो साथी बन्न सक्छु्ु लाई पनि आशालाग्दो चलचित्रका रुपमा लिइएको छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्र कृषा चौलागाईंले निर्माण गरेकी हुन । सबै केटा र केटी साथीबीच प्रेम सम्बन्ध मात्र नभएर दुई साथीबीचको चोखोमाया पनि हुनसक्छ भन्ने सन्देश बोकेको यो चलचित्रमा आर्यन सिग्देल मुख्य भूमिकामा छन जसलाई नयाँ नायिका दिप्ती गिरीले साथ दिएकी छिन्। ।

0 comments: