123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:21 AM
0

२०६९-०४-०३


 निर्देशन: गणेशदेव पाण्डे
कलाकार: जीवन लुइँटेल, रेखा थापा, नन्दिता केसी, अयुव केसी, सुनील थापा

सहरमा यति बेला ट्राफिक प्रहरीको 'मापसे' चेकिङ क्लाइमेक्समा छ । मद्यपान गर्नेका लागि घरको किचकिचभन्दा ट्राफिकको ब्रेथ लाइजर हाउगुजी हुन थालेको छ । चेकिङपछि सहरमा मापसे स्वाट्टै घटेको तथ्यांकले देखाए पनि यति बेला मद्यसेवीलाई खाना कुरेर बस्नेका लागि गजबको खुसी दिएको छ । रेस्टुरेन्ट, बारहरू एम्बुस जस्ता भएका छन् ।

filmयस्तै, एउटा एम्बुस थाप्ने काम गरेका छन्, निर्माता प्रदीपकुमार उदयले, 'मालतीको भट्टी' मार्फत । चिप्लो र आकर्षक पोस्टरको लेबल लगाइएको 'बोतल' मा लोकल रक्सी भरेर बेचिएको छ, 'मालतीको भट्टी' । तर लोकल नै भए पनि झ्याप्प नशा लगाउन सकेको छैन । एक घन्टा ५० मिनेट लामो फिल्मको सुरुवात लोग्ने- स्वास्नी आदित्य (जीवन) र सावित्री (नन्दिता) को खटपटबाट हुन्छ । आपसमा बोल्न छाडेका उनीहरू आफ्नै तालमा हिँड्छन् । तनाव घटाउन आदित्य भट्टी छिर्न थाल्छ भने सावित्री जुवा अड्डा जान थाल्छे ।

दम्पतीको दुईतिरको बाटो नजोडिईकनै कथा गासिँदै जान्छ । सावित्री केटासाथी राकेश (अयुव) लाई च्यापेर जुवाघर जान थालेकी हुन्छे । आदित्य भट्टी साहुनी मालती

(रेखा) को मायाको नशामा पर्छ । नयाँ घटना, दुर्घटना हुँदै जान्छन् । समय गुजार्दै फिल्मले सुखद अन्त्य त लिन्छ, तर दर्शकलाई भने त्यसपछि दुःख थपिन्छ, जिज्ञासाका उत्तर आफैं

खोज्न । फिल्मले सुरुआतबाटै लोग्ने-स्वास्नीको झगडालाई रहस्यमा राख्दै कथा बुन्दै लगेको छ । तर स्त्रिम्प्टले चुरो समस्यालाई पृष्ठभूमिमा छोडेर यसका सेरोफेरोमा थप समस्या उत्पादन अनि समाधान गरेरै झारा टारेको छ । चरित्रलाई स्त्रिम्प्टले न्याय गर्न सकेको छैन ।

अमेरिकामा पढेर आएकी सावित्रीले आफ्नै बुवाको कम्पनीमा काम गर्ने आदित्यसँग प्रेम विवाह गर्नु नै एउटा ठूलो जोखिम हो । आदित्यकै कारण पुनः अमेरिका र्फकन नचाहने उसमा पक्कै पनि आत्मीय प्रेम हुन सक्छ । तर त्यस्तो मनस्थितिकी सावित्री किन अर्को केटो च्यापेर रात-बिरात जुवा र मदिरापानमा लाग्छे ? पति र बुवाले सम्झाउँदा पनि किन मान्दिनँ ? उता आदित्य पनि एउटी भट्टीवाल्नीसँगै शारीरिक सम्बन्ध विस्तारको अवस्थामा पुग्नुको कारण
के ? त्यो चरित्रलाई भ्रष्ट नदेखाई हतार गरिएको छ ।  नायकका रूपमा स्थापित ऊ पत्नीलाई धोका दिएर अर्कीसँग सल्किनुलाई  परिघटनाले जायज बनाउन खोजेकै छैन । आफ्नै छोरीपत्नीको परपुरुषसँगको अन्तरंग भिडियो सार्वजनिक भएपछि पनि विचलन वा पीडा भाव नझल्किनु अर्को उदेकलाग्दो पक्ष हो । फ्ल्यासब्याकका श्यामश्वेत दृश्यमा एकरूपता छैन ।

मालतीले चलाउँदै आएको भट्टी पनि उदेकको छ । कुनै कक्षाकोठामा जस्तै मिलाएर राखिएका बेन्चमा जँड्याहाहरू मालतीकै हातको लोकल खान मिलेर बसेका छन् । मालती पनि जँड्याहालाई रक्सी मात्र पिलाउदिनँ, धेरै पिउनेलाई गाली पनि गर्छे, पीडा भुल्न मापसे गर्नेलाई मायाको खाँचो रहेको सन्देश दिन्छे, धेरै खाएर ढलेकालाई आफ्नै ओछ्यानमा सुताउनेसम्मको सेवा गर्छे । मूलकथामै नपर्ने मालतीको भट्टीलाई फिल्मले शीर्षकदेखि दिएको महत्त्व दृश्यमा समेत यथावत् छ । लाग्छ, भट्टी स्त्रिम्प्टको माग भन्दा पनि कलाकारका कारण महत्त्वपूर्ण छ । मध्यान्तर अघिसम्म चार-चार गीतलाई जोडजाड पारेर हल्लैहल्लामा समय गुजारेको फिल्मले त्यसपछि भने पात्रलाई फटाफट कथा बक्न लगाएको छ, जसले फिल्मको लय बिगारेको छ ।

अधिकांश दृश्य इनडोर खिचिएका भए पनि क्यामेराकर्ममा सञ्जय लामाले राम्रा देखिएका छन् । गीत राम्रै छन् । कोरियोग्राफी भने म्युजिक भिडियो शैलीमा खिचिँदा कथानकता झल्कन सकेको छैन । कसैको पनि अभिनय उल्लेख्य छैन ।


दैनिक समाचार 



0 comments: