२०६९-०३-३०
प्रेम कु अधिकारि
नेपाली कथानक चलचित्र “लक्” अहिले मोफसलमा राम्रै सफलताको साथ प्रदर्शन भैरहेको छ चलचित्र “लक्” का निर्माता हरी खनाल निर्देशक ॠशी न्यौपाने अहिले मोफसल प्रमोसन मा जुटेकाछन ।
यसै क्रममा प्रमोसन टोली गत बिहिबार मोफसल गएका थिए भने पोखरामा चलचित्र “लक्” ले रार्मो सुरुवात गरे लगत्तै प्रमोसन टोली पुन आइतबार नारायनघाट पुगेका छन, बिभिन्न मिडिया र हरेक तरिकाले प्रमोसन मा जुटेका “लक्” का टिमबाट निर्माता हरी खनालले फिल्मी अपडेट लाई दिएको जानकारी अनुशार अन्य चलचित्र भन्दा ”लक्” हेर्ने दर्शकहरुको को संख्या बढी भएको जानकारी दिएका छन ।

साथै चलचित्रका टिम यतिबेला चलचित्र को प्रोमोसनल अन्तर्बार्ता को लागी चितवन का संचार माध्यममा लगातार कुराकानीमा बेस्थ छन यो समाचार तयार पार्दा सम्म निर्माता हरी खनाल चितवन को हाम्रो एफएम मा अन्तर्वाता सकेर रेडियो अर्पण जाने तारिमा थिए ।
हाल चलचित्र “लक्” ले “मालतिको भटि” सगँ कडा प्रतिशपर्धा गरिरहेकोछ भने चलचित्र “लक्” को कथाले गर्दा दर्शक अहिले “लक्” प्रती तानिरहेको कुरा निर्माता खनालले फिल्मी अपडेट सँग बेक्त गरे ।
स्मरण रहोश गत सुक्रबारबाट ३ नेपाली कथानक चलचित्रहरु प्रदर्शनमा आएका थिए, “मालती को भट्टि” “ त्ँ त सारै सपृश नि बद्री” यि दुई अल नेपाल प्रदर्शन मा आएका हुन भने “लक्” मोफसल प्रदर्शनबाट काठ्माण्डु पस्ने छ ।
चलचित्र “लक्” प्रदर्शन पूर्व बिभिन्न कारणले हाईलाईटमा पनि आएको थियो भने चलचित्रको एउटा गितले युटुब हिटनै गरेकोछ । छोटो समयएमा धेरै जनाले भिडियो हेरिसकेकाछन एसबाट सजिलै बुझ्नसकिन्छ “लक्” लाई दर्शकले कसरीलिंदैछन भनेर किनकी आजकल चलचित्र चल्न्ने भनेको चलचित्रको गीतले नै हो” निर्मात हरी खनाल ।
" असार २९ देखि मोफसल बाट सार्बजनिक प्रदर्शन मा आएको हाम्रो चलचित्र "लक्" अब श्रावण ५ देखि राजधानीमा प्रदर्शनमा आउने भएको छ । हाल सम्म चलचित्र "लक्" ले मोफसलमा पाएको सफलतालाई आधार मान्ने हो भने चलचित्र "लक्" ले काठ्माण्डौमा पनि राम्रो ब्यापार गर्ने मा दुईमत छैन" निर्देशक ऋशी न्यौपाने ।
0 comments:
Post a Comment