२०६९-४-१५
फिल्मी अपडेट
नायक राजेश हमाललाई डब्लुडब्लुएफ नेपालले सद्भाव दूत बनाएको छ । 'तेस्रो बाघ दिवस'का अवसरमा आइतबार नायक हमाललाई डब्लुडब्लुएफका नेपाल प्रतिनिधि अनिल मानन्धरले सद्भाव दूतका रुपमा स्वागत गरेका हुन् ।
वन मन्त्रालयले अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा हमाल विशेष अतिथिका रुपमा निम्त्याईएका थिए । केही समय अघि मिस नेपाल सृष्टी श्रेष्ठलाई पनि डब्लुडब्लुएफ नेपालले 'यूवा संरक्षण सद्भाव दूत' बनाएको थियो ।

सद्भाव दूत नियुक्त भएपछि हमालले आफू वन्यजन्तुविज्ञ नभएपनि संरक्षण -कन्जरभेसन) मा बाल्यकालदेखि नै रुचि भएको खुलासा गरे । ढिलै भए पनि डब्लुडब्लुएफसँग नजिक भएर काम गर्ने अवसर पाएकामा खुसी व्यक्त गर्दै उनेले भने, 'बर्दियामा केही समयअघि घुम्दा बाघ संरक्षणमा भएका गतिविधि जान्ने अवसर पाएँ ।'
बाघ संरक्षण विशेषज्ञ र डब्लुडब्लुएफको मात्रै चासो र जिम्मेवारीको विषय नभएको बताउँदै उनले सबै क्षेत्रको सहयोग भए बाघ संरक्षण प्रभावकारी हुने औंल्याए ।
बाघ संसारको ठूलो 'सेलिबि्रटी' भएको सुनाउँदै हमालले जहाँतहीं प्रयोग हुने बाघको तस्बिर नै त्यो जनावरको परिचय भएको बताए । 'बाघ भएको देश भनेर चिनिनुपनि आफैंमा गौरव हो' हमालले भने, 'पहिले धेरै देशमा पाईने बाघ १३ वटामा सीमित हुनु दुःखद् हो ।' पछिल्ला दिनमा बाघ संरक्षणमा देखिएका चुनौंती सामना गर्न सरकार, त्यस क्षेत्रमा कार्यरत संघसंस्था, विशेषज्ञ र जनता सबैले हातेमालो गरी अघि बढ्नुपर्ने उनको सुझाव छ ।
0 comments:
Post a Comment