123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:03 AM
0

२०६९-०४-१०
 प्रणप सुबेदी


फिल्म निर्देशक ज्ञानेन्द्र देउजा अचेत अवस्थामा सोमबार अस्पताल भर्ना गरिएका छन्। महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दामोदर दवाडीका अनुसार कपन निवासी उनी दिउँसो ३ बजे जगडोलको पार्कमा भेटिएका थिए।  

'स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको हो,' उनले भने। अचेत अवस्थामा रहेका उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आइसियुमा राखेर उपचार भइरहेको छ। 'नजिकै विषको बट्टा फेला परेकोले विष खाएको आशंका गरेका छौं,' उनले भने। आफैंले खाएको हो वा कसैले खुवाएको भन्ने पुष्टि नभएको उनले बताए।
'उपचारमै व्यस्त भएकाले उनको परिवारसँग जानकारी लिएका छैनौं। हामी अनुसन्धान गरिरहेको छौं,' उनले भने। ज्ञानेन्द्रको शरीरमा जाँच गर्दा डाक्टरहरुले विषको मात्रा भेटेको छ।

स्रोतका अनुसार उनको अवस्था गम्भीर छ। '४८ घन्टापछि वास्तविक स्थिति थाहा हुनेछ। शरीरभर विष फैलिएको हँुदा मस्तिष्कमा पनि प्रभाव परेको छ,' स्रोतले भन्यो, 'स्वास्थ्य स्थितिमा कुनै सुधार आएको छैन, केही भन्न सकिँदैन।'

ज्ञानेन्द्रद्वारा निर्देशित फिल्म 'मुनामदन' भर्खरै रिलिज भएको थियो। उनले यसअघि 'रक्षक', 'दागबत्ती', 'लवकुश', 'हिफाजत' लगायत फिल्म निर्देशन गरेका थिए।

0 comments: