२०६९-०४-१५
फिल्मी अपडेट
बृहत राजनीतिक सहमति जुटाउने क्रममा रहेको चलचित्रकर्मीहरुको टोलीले दोलखामा अन्तराष्ट्रिय स्तरको स्टुडियो निर्माणका लागि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेको छ ।उक्त भेटमा दाहाल सकारात्मक देखिए र उनले "आफू सो कार्यका लागि अत्यन्तै सकारात्मक रहेको र तत्कालका लागि सो स्टुडियो निर्माणका लागि सरकारबाट एक करोड रुपैयाँ दिलाइदिने घोषणा गरे पनि गरे ।
बृहत राजनीतिक सहमति जुटाउने क्रममा रहेको चलचित्रकर्मीहरुको टोलीमा सामेल निर्देशक आकाश अधिकारीका अनुसार "उक्त रकम पर्याप्त नभएतापनि सुरुवात भएकोमा खुशी व्यक्त गरे "।
हामिलाई उक्त स्टुडियोको निर्माण का लागि दुई अर्ब रुर्पैयाँ लाग्ने बताउँछन टोलीमा सहभागी चलचित्रकर्मिहरु । सो रकमले अन्तर्राष्ट्रिय स्तरको फिल्म स्टुडियो निर्माण गरिने छ । सो रकम बजेट मार्फत पञ्चवर्षीय योजना अन्तर्गत या अन्य कुनै योजना अन्तर्गत किस्तामा उपलब्ध गराइनुपर्ने माग रहेको छ ।
चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारी, सदस्यहरु रामा मण्डल, नीलहरि काफ्ले तथा विकास आचार्य सहभागी हुनुभएको उक्त भेट्घाट मा विकास वोर्डका पूर्व अध्यक्ष विकास आचार्य, नायक जीवन लुइँटे, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, नायिकाहरु नीता ढुंगाना, रुपा राना, चेतन सापकोटा लगायतका पनि थिए । टोलीले यसअघि एमाले अध्यक्ष झलनाथ खनाल, काङ्ग्रेस सभापति सुशिल कोइराला, राप्रपा अध्यक्ष पशुपति शम्सेर जबरा सँग भेट गरिसकेका छन् ।
0 comments:
Post a Comment