123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:56 AM
0
२०६९-०३-२०
राज सुबेदी


कृतिमा आधारित रही बनायिएका  चलचित्र  को इतिहास  यहाँ  राम्रो छैन ।
प्राए  चलेका कृतिलाई छनिए पनि फ्लिम भने उतिसारो चलेका छैनन  । यतिबेला  कृतिमाथी नै बनेको चलचित्र “मुना मदन्” राजधानी मा प्रदर्शनरत छ । महाकबी  लक्ष्मी प्रसाद देबकोटा  लिखित  ‘मुना मदन्”  नेपालकै सर्बाधिक बिकृको  रेकर्ड बनाएको  कृती हो ।

अत्याधिक रुचायिएको  खण्डकाब्यलाई निर्देशक  देउजाले  फ्लिमाकंनमा सक्दो न्याय  गरेका छन ।
“मुना मदन्”को कथा पुरानो त हुँदै हो ,त्यस्मा पनि अधिकांसले यसलाई  श्लोक भाका  हाली हाली  पढिसकेका छन ।
गरीबिको चरम मारमा  परेपछी बुढी आमा  र कलीली जहाँनलाई चटक्क छोडेर  मदन धन कमाउन भोट पस्छ।

अल्लारे मदन ल्हाशा को सुन भएको  धनको पोको  लिएर फर्कदा  मनको धनले साथ छोडी सकेको हुन्छ ।
मुना र मदन को बियोगको कथालाई  एतिबेला चलचित्र  को पर्दामा दिपक र उषाले उतारिरहेका छन ।

दस बर्ष  पुरानो चलचित्र  भएपनी यसको  मर्म भने अहिले पनि उतिकै 
सान्दर्बिक छ ,केबल केहि सामाजिक  संस्कृतिक  परिवर्तन बाहेक ।
आज पनि धेरै मदन ऋण  निखन्न मुग्लान पशिरहेका  बेला यँहा  साहुको  टोकेसो सुनेर दिन काटिरहेका थुप्रै  मदनका आमा र श्रीमती हरुले  “मुना मदन्” लाई आफ्नै घरभित्र को कथा मान्न  सक्छन ।
समस्या अझै पनि ज्युका त्यु  छ ।
तर प्रबिधिका हिशाबले  अहिलेका स्वादे दर्शकलाई  पुरानो लाग्नु  स्वभाबिक नै हो । लोग्नेको खुट्टाको पानी खाने ,सुत्ने बेला खुट्टा मिचिदिए तेसैमा शिर अड्याएर रात काट्ने पतिब्रता चरतिकलाले पनि पुरानो समाजको  चित्रण गर्दछ ।
खण्ड्काब्य  बाट चलचित्र  रुपान्तरणका हिशाबले “मुना मदन्” सफल छ ।
निर्देशकले  प्रयोग गरेको केहि दृस्य् बिमंबले  चलचित्र    मार्मिक  बनाएको छ ।

भोट जान तयार मदन लाई रोक्न   नसकेकी  मुनाले चुहाएको असहमतिको आँसु  जती मार्मिक  छ , गैसकेपछी रातो भित्ताभर  अँगारले  धर्साले गिन्त्ती  गरिरहेका  दिनहरुले  अत्यासलाग्दो  अवस्थाको चित्रण गरेको छ ।
पेवा को गाइलाई  दाम्लो सहित  जिम्मुवाल (निर्)  ले देखेर लगेपछी पनि बुढिआमाले  बिर्सन नसकेको दुध र भात  खाने चाहनाले दर्शकलाई मनलाई चिमोट्छ ।


चलचित्र मा  संबादहरु  पनि सजिब छन । कृतीका केहि चारअचित श्लोकहरु लाई  पनि सहज रुपमा प्रयोग गर्न सक्नु सफलता मान्नुपर्छ । सबै  पात्रहरुले जमेर  अभिनए गरेका छन ।
बिशेस गरी मुख्य पात्र हरुले दर्शक मनमा अड्याउने  खुबी राख्छन ।
हिमाली भेगमा  गएर खिचिएका दृश्य  भुगोल अनुरुप  सुन्दर आउन सकेका छैनन ।

पैसा नै सर्बोपरी ठानिने अहिलेको  समाजमा  “मुना मदन्”  झन गतिलो ब्यङग  बनिरहेको छ ।
श्रीमती का हात र गालाभरी सुनै सुन भरिदिने  र बुढी आमाका नाममा पाटी पौवा बनाएर उनलाई स्वोर्ग को ढोका खुलाउने अभिभारा बोकेर धन कमाउन  भोट  पुगेको   मदन फर्कदा सुनका थैला बोकेर आउँछ ,तर मरणासन्न  आमालाई छोरा  नुँदाको पिडा भरपाइ हुँदैन ।
उता बिरामी भएपाछी आफ्नै साथिबाट अलपत्र छोडिएका मदनलाई लामा दाइले उपचार गरेर मर्नबट  बचाइदिन्छ र उदाहरण दिन्छ ।
ज्यान बचाइदिएबापत सुनका सिक्का दिन तयार मदनलाई उसले भन्छ “आखिर  के गर्नु  त्यो सुनले खान मिल्दैन ,रोपेर फल्दैन ।

हामी त मेहेनत गर्छ ,मेहेनत खान्छ । हामिलाई धनको होईन मनको माया लाग्छ ।
फ्लिम्का सबाद बलिया छन ।
यो चलचित्र  ओस्कार पुरसकार  मा पनि मनोनएन मा परेको थियो ।  











0 comments: