२०६९-०४-१५
फिल्मी अपडेट
नेपाली राजनैतिक वृत्तमा हुने गरेका यथार्थपरक घटनालाई आधार मानेर निर्माण हुँदै गरेको नेपाली चलचित्र नागरिकको सोमवार इन्ड क्ल्याप पार्टी गरिदैछ । कतिव चालिस दिनको छायांकन पश्चात सो चलचित्र अब पोष्ट प्रोडक्शनमा जाने छ । सञ्चारकर्मी शुभचिन्तक तथा चलचित्र नागरिक युनिटबिच अन्तिम शर्ट लिन लागिएको हो ।

युवन राज भण्डारी र शाश्वत दुलालले संयुक्त रुपमा बनाउँदै गरेको चलचित्र नागरिकलाई बिमल पौडेलले निर्देशन गरेका छन् । पुष्प आचार्य र सत्यराज चौलागाईँको सहायक निर्देशन रहेको सो चलचित्रमा रमेश बुढाथोकी, गणेश उप्रेती, विश्व बस्नेत, अनु शाह, राहुल केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । आज साँझ ५,३० बजे चलचित्र बिकास कम्पनी बालाजुमा उक्त इन्ड कल्याप को आयोजना गरिएको जान्कारी फिल्मी अपडेट लाई प्राप्त भएको छ ।
जनकारी सहयोग ठुलोपर्दा
0 comments:
Post a Comment