123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:48 PM
0


२०६९-०४-०७
फिल्मी अपडेट

निर्देशक विभोर पोखरेलद्वारा निर्देशित ‘म अनि तिमी' को सुटिङ रोकिएको आठ महिना भएको छ। सुटिङ रोकिएपछि हिरो आकर्षण पोखरेल जापान गइसकेका छन्। फिल्ममा काम गरेका कलाकारहरूले पूरा पैसा पनि पाएका छैनन्। ‘फिल्मको २५ प्रतिशतमात्र सुटिङ बाँकी थियो। निर्देशकसँग सम्पर्क हुदाँ चाँडै सुटिङ सुरु गर्दैछौं भन्नुभएको थियो,' अभिनेत्री बिनिशा हमालले भनिन्।
 
फेरि सुटिङ सुरु हुँदा समय मिलाउन र कन्टिन्युटीमा काम गर्न अप्ठ्यारो हुने उनी बताउँछिन्। ‘ज्यान हाजिर छ' फिल्मको प्रमोसनमा व्यस्त उनी भन्छिन्, ‘फिल्म समयमै नसकिदा रिलिज मिति ढिला हुन्छ। यसले गर्दा कलाकारले आफ्नो अभिनय देखाउन पाउँदैनन्।' 

अर्की अभिनेत्री अनु शाहका अनुसार फिल्म सिध्याउन मात्र पाए राम्रो हुने बताउँछिन्। ‘फिल्म रोकिनुको कारण थाहा छैन। आजकल निर्देशकसँग पनि सम्पर्क छैन्,' उनी भन्छिन्। उनले पनि फिल्मको पूरा पैसा पाएकी छैनन्। लभस्टोरी फिल्म भनिएको ‘म अनि तिमी'को सुटिङ पैसाकै कारण रोकिएको निर्देशक बताउँछन्।

‘५० लाख लगानी गर्ने भनिएको फिल्म ३५ लाख खर्च भइसकेपछि बाँकी रकम जुट्न नसक्दा अधुरो भएको हो। फिल्मका हिरो आकर्षण पढाइको सिलसिलामा जापान गए। उनी केही दिनमै काठमाडौं आउने भएकाले १५ दिनभित्र सुटिङ फेरि सुरु हँुदैछ,' निर्देशक विभोरले भने। फिल्ममा राजेश हमालको पनि भूमिका छ।

0 comments: