२०६९-०३-२९
प्रणप सुबेदी
फ्राइडे फ्लिम रिलिज अन्तर्गत यो सुक्रबारबाट नेपाली रजतपटमा ३ नेपाली कथानक चलचित्र प्रदर्शन मा आए ति हुन ।
"मालतीको भट्टी "
"तँ त सार्है सप्रिस नि बद्री'"
"लक्"
राजधानीमा भित्र र बाहिरा गरेर प्रदर्शन मा आएका चलचित्र हरुमद्धे राजधानीमा जयकिशन बस्नेत निर्मित फिल्म 'तँ त सार्है सप्रिस नि बद्री' र प्रदिप उदय निर्मित फिल्म 'मालतीको भट्टी' देशभर एकसाथ प्रदर्शनमा आएको छ भने हरि खनाल निर्मित फिल्म'लक' मोफसलका हलबाट प्रदर्शनमा आएकाछन ।
"मालतीको भट्टी "
गणेश देव पाण्डेको डेब्यू निर्देशन रहेको रेखा थापा, जीवन लुईटेल, नन्दिता केसी र अयुब केसी स्टारर फिल्म मालतीको भट्टी सामाजिक प्रेमकथानक फिल्म हो । फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्दतथा रेनशा राईको नृत्य रहेको छ । फिल्ममा रेखा भट्टीवाल साहुनीको भुमिकामा देखिएकी छिन् । साथै यसै फिल्मबाट कालिप्रसाद बाँस्कोटाले पार्श्व संगीतकारको रूपमा डेब्यू गरेका छन ।

"तँ त सार्है सप्रिस नि बद्री'"
यस्तै सुक्रबार बाट शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'तँ त सार्है सप्रिस नि बद्री' एक्सन कमेडी फिल्म हो जहाँ निर्माता जयकिशनको साथमा रेजिना उप्रेती, सुशिल क्षेत्री, सुनिल थापा, सम्राट सापकोटा, दिनेश शर्मा, सोभित बस्नेत लगायतको अभिनय रहेको छ । फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन, मनोज राजभण्डारीको संगीत, एनबी महर्जनको द्धन्द्ध तथा शिब विकको नृत्य रहेको छ ।
"लक्"
य्स्तै आज सुक्रबार बाट "लक्" मोफसल बाट प्रदर्शन मा आएको छ ।
चलचित्र लाई हरि खनालले निर्माण गरेका हुन् । यस्तै किशोर खतिवडा फिल्मका प्रमुख हिरो हुन् । असार २९ देखि मोफसलका ३० ओट स्टेसनमा पर्दर्शन आएको यो चलचित्र "लक्" साउन ५ देखि राजधानीमा १५ थिएटरमा समेत रिलिजको तयारीमा रहेको छ । चलचित्र का निर्देशक ऋशी नेउपाने हुन भने चलचित्र मा अनन्त थापालियाको सम्पादन रोशन श्रेष्ठ को दोन्द चेतन साप्कोटा को संगीत रहेको छ । शिर्शक सिनेमा इन्ट्र्न्टेइमेन्ट को ब्यनरमा निर्माण भएको हो ।

तीनओटै चलचित्र लाई फ्लिमी अपडेट को शुभकामना ।
0 comments:
Post a Comment