
२०६९-०४-०७
प्रणप सुबेदी
भाद्र २९ गते प्रदर्शनको मिती तय गरेको फिल्म 'ब्ल्याक मेल' ले आफ्नो अफिसेल वेबसाइट मार्फत चलचित्र को गितहरु सर्बजानिक गरेको छ ।
मधुसुदन भट्टराईको डेब्यु निर्देशन रहेको सस्पेन्स थ्रील शैलीको सो फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई र सुमन सिंहको मुख्य अभिनय रहेको छ भने चलचित्र नेपाली महिला हरुको महान चाड तीजको अबसर पारेर प्रदर्शनमा आउने छ भने चलचित्र 'ब्ल्याक मेल' यसअघी अगस्ट २६ तारिखका दिन अष्ट्रेलियामा प्रिमियर हुने भएको छ । अगस्ट ५ मा प्रिमियर गर्ने भनेर पहिला मिती तय गरेको 'ब्ल्याक मेल' ले आफ्नो प्रिमियर लाई केहि दिन पर धकेलेको छ ।
आफ्नो चलचित्र को राम्रो प्रमोसन को लागी चलचित्र 'ब्ल्याक मेल' का निर्माता सरद अधिकारीले 'ब्ल्याक मेल' को अफिसेल वेब्साइट पनि बनाएका छन जस्बाट चलचित्र को बारेमा सम्पुर्ण जानकारी पाउन सकिन्छ ।
शिब ढकालको छायाँकन रहेको "ब्ल्याक मेल" को कथा शिबम अधिकारीले लेखेका हुन् । फिल्ममा चार वटा गीत राखिएको छ । चलचित्र को निर्माण टिमले यतिखेर आफ्नो चलचित्रको प्रमोसनमा जुटेका छन । फिल्मी अपडेट को शुभकामना चलचित्रका सम्पुर्ण टिमलाई ।
ब्ल्याकमेल चलचित्रको साराँश
निर्माता श्री शरद अधिकारीको दोश्रो चलचित्र ब्ल्याकमेल, १४ बर्षमा २० चलचित्र सहायक निर्देशक र २२ वटामा मुख्य सहायक निर्देशकको अनुभव बटुलेका श्री मधुसुदन भट्टराईले पहिलो पटक निर्देशन गर्नु भएको छ । यो चलचित्रमा निर्देशकले चुनौतिपूर्ण भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
तिसौं बर्षको अनुभवी क्यामराम्यान शिब ढकालले काठमाण्डौ उपत्यका, काभे्र, चित्तवन, कास्की तथा मनाङ्ग जिल्लाका रमणीय स्थानहरुमा चलचित्र छायाँकन गरेका छन् । ब्ल्याकमेलका ३ युगल गीत क्रमशः अञ्जु पन्त, उदीत नारायण झा र दीपक लिम्बु, माण्डवी त्रिपाठी एवं सन्तोष तामाङ्ग र दुर्गा खरेलव्दारा गाईएका छन् भने राजेश पायल राई र दीपक लिम्बका एकल गीत छन् । गीतकारमा दयाराम पाण्डे, लोकराज बराल र संगीतकारमा अर्जुन पोखरेल तथा विपिन आचार्य रहेकाछन् ।
समग्रमा, ब्ल्याकमेल चलचित्र त्रिकोणत्मक प्रेम कथामा आधारित छ । चलचित्र हेरी रहँदा रहस्यात्मक भएकोले दर्शकलाई उत्सुकता तथा कौतुहलता बढाईरहन्छ । यो अन्य चलचित्र भन्दा बढी रोमाञ्चक (थ्रिलर) छ । व्दन्द निर्देशक योगेन्द्र श्रेष्ठको व्दन्द संयोजन तथा प्रदीप श्रेष्ठको नृत्य निर्देशन (कोरियोग्राफी) हेर्दा एक्सन र डान्सले पनि दर्शकहरुलाई भरपूर मनोरञ्जन र रोमाञ्चकता नै पैदा गर्छ ।
चलचित्र सर्जक शिवम अधिकारीको ४१ सौ यस पटकथामा राम्रो सन्तुलन राख्दै सरल र स्तरिय सम्वाद प्रस्तुत गरेका छन् । कथा बस्तुमा नायक देब विज्ञापन कम्पनि मालिक र अर्का नायक राहुल क्यामरामेनले विदेशी कम्पनिको लागि विज्ञापन बनाउन एक मोडेल सुन्दरीको खोज गर्दा नायिका छानिन्छिन् । विज्ञापन निर्माणकै क्रममा नायकहरु दुवैले नायिकालाई मन पराउँछन् नायिकाले भने राहुललाई मन पराउँछिन । नायिकाको बावुले उनको जन्म दिनको पार्टी आयोजना गरी सवै सामू आफ्नो छोरीको विवाह अर्काे केटालाई गरि दिने घोषणा गर्छ । देब, नायिकाको अरुसंग विवाह गरि दिने कुरा सुनेर स्तव्ध हुन्छ । राहुलले नायिकाको वावुको कुराको प्रतिकार गर्दै आफुसंग कञ्चनको प्रेम भएको कुरा उद्घोष गर्छ । देब झन विछिप्त हुँदै घर फर्कने क्रममा कार दुर्घटना हुन्छ ।
कञ्चनको प्रेम, रोमान्स, आफ्नै श्रममा बाँच्ने हठ र स्वतन्त्रताको चाहनाकै कारण बाबुले कच्चनलाई कोठामा थुन्छ । राहुल आई त्यहाँबाट भगाउँदै गर्दा दुवै जना अपहरणमा पर्छन । त्रिकोणात्मक पागल प्रेम प्रसंगले नयाँ मोड लिँदै विभिन्न प्रतिकूल परिस्थिती सिर्जना हुँदै जाने प्रसंगहरु चलचित्रमा धारा प्रवाह तरिकाले रहस्य (सुस्पेन्से) रोमाञ्चकता (ठृल्ल्) द्वन्द (अक्सन & अङेर्) सहीत समेटेर समसामयिक नेपाली समाजमा शहरी जिवनमा अभ्यस्त मानिसहरुको परिवर्तनशील जिवन गति (चङिङ स्पीड ओफ लाईफ) लाई विशेषतः नेपाली युवायुवतिका बास्तविक गतिवीधिलाई पर्दामा उतार्ने काममा कहीं कसैले कञ्जुस्याईँ गरेका छैनन् । चलचित्रका सवै गानाहरु राम्रा र रोमान्सले भरिपूर्ण भएकोले एकातिर पूरा चलचित्रभरि दर्शकले आरामदायी समय व्यतित गर्छन भने यस्को अर्को पाटो हलबाट बाहिरिंदा कथाबस्तुलाई मनमा खेलाएर एकपटक सोच्न बाध्य हुनेछन् ।
चलचित्र "ब्ल्याक मेल" को अफिसेल वेब्साइट
http://www.blackmailmovie.com/
0 comments:
Post a Comment