123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:22 PM
0
फिल्मी अपडेट
बुटवल


बुटवलमा InnerWheel Club of Butwal ले लेखक तथा निर्देशक मनिष पन्थलाई सम्मान गरेको छ , जुन सम्मान पन्थले नेपाली चलचित्र"हाम्री चेली"बनाए वापत प्राप्त गरेका हुन। उक्त अन्तराष्ट्रिय क्लबले "हाम्री चेली"को बुटवलमा च्यारिटी शोमा आश्चर्यजनक रुपले प्राप्त भएको प्रतिक्रिया तथा बधाई बाट प्रभावित भई मनिष पन्थलाई सम्मान गरेको हो।




 नेपाली चेलिबेटी बेचबिखनका व्याप्त क्रियाकलाप, समस्या तथा समाधानमा चलचित्रको कथावस्तु केन्द्रित छ जसमा नया अनुहारका कलाकारहरु अन्जु निरौला, शितल केसी, गिरी प्रसाद पुन लागायतको मुख्य भुमिका रहेको छ। नेपाल तथा भारतका प्रमुख शहरहरुमा छायांकन गरिएको नारी प्रधान चलचित्र "हाम्री चेली"लाई चलचित्र विकास वोर्डले विषेश फ़िल्मको सूचीमा राखेको जानकारी पन्थ दिन्छन। माईती नेपालको विशेष सहयोग प्राप्त भएको "हाम्री चेली"पूर्व पन्थको भर्खरै "जिन्दगानी दर्पणछांया"ले राजधानीमा औसत व्यापार गरि मोफ़सलमा हालसम्म चलिरहेको छ।







0 comments: