
२०६९-०४-०२
प्रणप सुबेदी
संसार आफ्नै यहि साउन १८ गते देखि नेपालमा प्रर्दशन हुने भएको छ भने चलचित्र संसार आफ्नै नेपालमा मात्र सिमित नहुने भएको छ । चलचित्र यहि सेप्टेम्वर ७ मा दोहा को नज्मा सिनेमा हल कतारमा प्रर्दशन हुदैछ । नेपाल बासि नेपाली मात्र होइन बिदेश बासि नेपालीको माग लाइ ध्यानमा राख्दै निर्माता तथा नायक गोबिन्द शाहिले आफ्नो चलचित्र लाइ बिश्व भरि का नेपाली लाइ देखाउन लागेको बताएका छन ।
दोहा बाट बिदेश रिलिज आरम्भ हुन चलचित्र लाइ कतार बाहेक जर्मन ,अष्ट्रेलिया, िसंगापुर ,मलेसिया, दुवइ, क्यानडा, यू के, यू एस ए मा पनि चाडै प्रर्दशन हुने छ ।
सफल चलचित्र बनाउनेहरुको सुचिमा पर्ने नायक तथा निर्माता गोबिन्द शाहिले यसअघी बनाएको नेपाली कथानक चलचित्र "कहा छौ कहा" ले नेपाली रजतपटमा छोडेको सफलताको छाप समझन लायकको छ तेसैले पनि अहिले नेपाली चलचित्र को दर्शकहरुले नायक तथा निर्माता गोबिन्द शाही को चलचित्र "संसार आफ्नै" लाई आफ्नै ठानेर हेर्नेछन भनेर आशा लिन सकिन्छ ।
झरना थापा ,गोबिन्द शाही, सुमन सिंह लगाएतकाको अभिनय चलचित्रमा हेर्न पाइनेछ भने चलचित्र मा दोन्द अश्ट महर्जन को रहेको छ चन्द्र सुर्य, बसन्त साप्कोटा तारा प्रकाश लिम्बु को संगीत रहेको चलचित्र को गीत अहिले युटुब हिट गित मध्यमा पर्दछ भने कम समयएमा हिट बन्न पुगेको यस चलचित्रको गितहरु अहिले बिभिन्न मिडिया हरुमा हरपल बज्ने गरेका छन र एसै क्रममा नायक तथा निर्माता गोबिन्द शाहिले पुन अर्को नया गित यु टु ब मार्फत सर्बाजानिक गरेका छन ।
सार्वजनिक गरेको उक्त गित मा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने गीतलाई निर्देशक मदन घिमिरेले लेखेका हुन् । भने अन्जु पन्त र दिपक लिम्वुको सुमधुर स्वोर रहेको छ ।
"चलचित्र संसार आफ्नैको को गीत हरु हाल राम्रै गरेर बजिरहेका छन र यो गीत ले पनि रार्मो चरचा कमाउनेमा ढुक्क छु " नायक तथा निर्माता गोबिन्द शाही । "खोई कहाँ हो कहाँ" वोलको गीतको भिजोल मा गोविन्द शाही र झरना थापाले अभिनय गरेको यो गीतको छायांकन ह्वाईट गुम्बा र ललितपुरको एक चर्चमा गरीएको छ । केहि बर्श अघी बम बिस्फोट भएको उक्त चर्चमा कविराज गहतराज को कोरियोगराफिमा गोविन्द शाही र झरना थापाको जोडी नृत्य देख्न सकिन्छ भने उक्त गितमा अन्जु पन्त र दिपक लिम्वुको आवाज सुन्न सकिनेछ ।
0 comments:
Post a Comment