123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:32 PM
0

२०६९-०४-०६
प्रणप सुबेदी


चलचित्र 'नयाँ नेपाल एक्सप्रेस' को सार्वजनिक प्रदर्शन हिजो शुक्रबारदेखि नै प्रारम्भ भएको भनेर हिजो कैयौ नेपाली दैनिक पत्रीका लगायत साप्ताहिक पत्रीकाले हिजो बाट चलचित्र प्रदर्शन मा आएको भनेर समाचार प्रकाशित गरेको छ । तर बास्तबिकता चलचित्र  'नयाँ नेपाल एक्सप्रेस' श्रावण को १२ पछाडी मात्र प्रदर्शन मा आउने चलचित्र हो ।

हिजो प्रकाशित समाचार मा श्रावण ५ भनि उल्लेख भएको छ ।  श्रावण ५  गते बाट चलचित्र "मलतिको भट्टि" ले गरेको राम्रो ब्यापार को कारण  'नयाँ नेपाल एक्सप्रेस' को रिलिज डेट पोस्पोन्ड भएको हो ।नेपाली कथानक चलचित्र "नयाँ नेपाल एक्स्प्रेस"

तर मिडिया मिसअन्डर्स्ट्यान्डिङ को कारणले गर्दा हिजो को समाचार गलत भएको बिचार फिल्मी अपडेटले गरेको छ ।

कान्तिपुर साप्ताहिक मा हिजो प्रकाशित  समाचार ...
चलचित्र 'नयाँ नेपाल एक्सप्रेस' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। चलचित्रमा एक रातको बस यात्रामा भएका अनेक  घटनालाई कथात्मक रूपमा प्रस्तुत गरिएको बताइन्छ। यो चलचित्रको निर्माण तथा निर्देशन अशोक बम मल्लले गरेका हुन्। मनकामनेश्वर  पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रमा पुराना तथा नयाँ नेताबीचको सोचको भिन्नतालाई पनि चित्रण गरिएको छ। चलचित्रमा  सासू-बुहारीबीचको सम्बन्धभन्दा पृथक रूपमा परम्परालाई चुनौती दिँदै विधवा विवाहको पक्षमा वकालत गरिएको छ। चलचित्रको कथा,  पटकथा, संवाद तथा गीत निर्देशक मल्लले नै तयार पारेका हुन्। चलचित्रमा भूपेन चन्द, सुष्मा कार्की, राज तिमिल्सिना, नीता ढुंगाना, शर्मिला  मल्ल, मौसमी मल्ल, गणेश उप्रेती, सुवास गजुरेल, मुकुन्द भट्टराय, गणेश मुनाल, शिवहरि बैरागी, शिवशंकर रिजाल आदि कलाकारले अभिनय  गरेका छन्। चलचित्रमा नायिका मौसमी मल्लले यौन व्यवसायीको भूमिका निर्वाह गरेकी छिन्। नयाँ नेपाल एक्स्प्रेसमा लक्ष्मण शेषको संगीत  निर्देशन छ भने रवीन्द्र बराल यो चलचित्रका छायांकार हुन्।


'नयाँ नेपाल एक्सप्रेस' सँग समबन्धित अन्य समाचार
http://www.filmyupdate.com/2012/07/blog-post_17.html

http://www.filmyupdate.com/2012/07/blog-post_7903.html

0 comments: