123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:42 PM
0


२०६९-०४-१२
प्रणप सुबेदी

चलचित्र "फोर्स" अब प्रदर्शन को लागी तयार भएको छ ।
नेपाली कथानक चलचित्र "फोर्स्"नायक तथा निर्माता शिब गिरी द्वारा निर्मित यो चलचित्र उनको  तेस्रो चलचित्र हो ।
यसअघी  उनले अन्य दुई ओटा चलचित्र निर्माण गरिसकेका छन र ति हुन  "फैसला" अनि  "फर्ज " । यि दुई चलचित्रले पाएको सफलता संगै उनले अर्को चलचित्र यानिकी "फोर्स"  निर्माण गरेका छन ।

र यसै चलचित्र का टिम यतिखेर चलचित्र को प्रमोसनमा जुटेका छन । भदौ ८ गतेबाट रिलीजमा ल्याउने तयारीका साथ यो सिनेमाको धमाधम प्रचारको काम सुरु भएको निर्माता गिरीले बताए । केही भारतीय कलाकरको समेत अभिनय रहेको यस चलचित्र लाई  स्वामी रविन्दर भारतीले निर्देशन गरेका हुन ।

मोहित भारद्वाज र रागी डंगोल लगाएतका भारतीय कलाकारको अभिनए रहेको यस चलचित्र मा   क्षितिजा शाक्य, ऋचा सिंह ठकुरी ,सन्तोश तामाङ र निर्माता शिब गिरी सोयम को अभिनए रहेको चलचित्र पारिवारिक र याक्सन सिनेमा हो ।
"चलचित्र भित्र  ४ वटा फोर्स छ । पुलिस, पोल्टिक्स, बिजनेश र डनहरुको फोर्सको कथा को सार लाई यस चलचित्र "फोर्स्" ले बोकेको छ । " निर्माता तथा नायक शिब गिरिले फिल्मी अपडेट सँग भने ।
र यो   चलचित्र  सँगै  उनले अर्को दुई चलचित्र को नाम पनि सर्बजानिक गरेकाछन ।
ती हुन "फसाद्" र "फरार" । यि दुई आगामी चलचित्र को नाम र पहिले का दुई चलचित्रको नाम र अब भाद्र ८ गते बाट प्रदर्शन मा आउने चलचित्र को नाम सबै "फ्" बाट नै उठेका छन यसबाट के  साबित हुन्छ भने निर्माता तथा नायक शिब गिरी लाई "फ्" भन्ने शब्द मन पर्दोरहेछ ।
जे होस जस्तो होस उनले बनायको चलचित्र ले सफलता पाओश  हाम्रो यही शुभकामना छ ।



चलचित्र "फोर्स्" को दोन्द को एक दृश्यमा नायक तथा निर्माता शिब गिरी

चलचित्र "फोर्स्" को चलेको दाइलग
"आकाश को राहु पातालको केतु बिचमा यो सेतु ।"
"अर्को पटक आउँदा प्रमाण र हतकडी दुई एकपटक साथ लिएर आउँछु ।"



0 comments: