२०७०-०१-२७
फिल्मी अपडेट,काठमाडौ
आमाको मुख हेर्ने दिन सौगातले काकी कै मुख हेरेर चित्त बुझाए / रेखाले भने आमालाई दिईन औठी उपहार
'अरू दिनभन्दा बिहीबार बिहान एक घन्टा छिटो उठेँ, नुहाएँ अनि आमाको पूजाको लागि सरसामान जुटाउन लागंे ।' अभिनेत्री रेखा थापाको बिहीबार बिहानको समयतालिका हो यो । अर्थात्, आमाको मुख हेर्ने औंसीको । नयाँ बस्तीमा रहेकी आमालाई पूजा गरेपछि उनले उपहार दिइन्, सुनको औंठी ।
'एक तोलाको बेरुवा औंठी दिएँ,' उनले भनिन्, 'गत वर्ष पनि गहना नै दिएकी थिएँ, तर डाइमन्डको ।'

आमाको मामिलामा अर्की अभिनेत्री सरिता गिरीको धारणा पनि फरक छैन । प्रत्येक वर्ष आमालाई पूजा गरेर र उपहार दिएर औंसी मनाएकी उनले यस पालि भने त्यस्तो गर्न पाइनन्, आमा अस्ट्रेलियामा भएकाले । 'यो पटक संयोगै मिलेन,' उनले भनिन्, 'हजुरआमा र फुपू पनि गाउँ जानुभएको रैछ, त्यसैले साथीकी आमाको मुख हेरें । आखिर उहाँ पनि मेरी आमाजस्तै त हुनुहुन्छ नि ।'
सरिताका लागि आमा उनको जीवनकी पहिलो असल साथी हुन् । राम्रो काम गर्दा उत्साह थप्ने र नराम्रो काम गर्दा सल्लाह दिने हुँदा हरेक आमाको मायामा निःस्वार्थ भाव झल्किने उनको बुझाइ छ । 'कहिल्यै कसैको जीवनमा हस्तक्षेप नगर्नू,' सरितालाई आमाको अर्ती उद्धृत गर्दै भनिन्, 'मैले आमाबाट सिकेको ज्ञान यही हो । त्यसैले कसैको खुसीको लागि धेरै कुरा स्याक्रिफाइस पनि गरेकी छु ।'
'अभिनय गर्नुभन्दा पनि फिल्म क्षेत्रमा स्थापित हुनु ठूलो कुरा हो बाबु,' सौगात मल्ललाई कुनै बेला उनकी आमाले भनेकी थिइन्, जसलाई अभिनेताले अहिलेसम्म 'गुरुमन्त्र मान्ने गरेका छन् ।' यस पालि उनी पनि नवलपरासी घर जान पाएनन्, आमाको मुख हेर्न । सट्टामा काठमाडौंमै काकीलाई भेट्न गए । 'काकी पनि आमाकै अर्को रूप हो,' उनले भने । फिल्म क्षेत्रमा आफू स्थापित हुँदै जानुमा आमाको ठूलो देन रहेको उल्लेख गर्ने सौगातले सुनाए, 'उहाँको खुसीको लागि जे पनि स्याक्रिफाइस गर्न तयार छु ।'
कला र शैली

आमा सुन र गरगहनामा सौखसन भएकाले उनी प्रायः उपहार पनि उस्तै रोज्ने गर्छिन् । 'जस्तो दुःख या सुखमा पनि आमाको साथ पाउने गर्छु,' रेखाले बिहीबार भनिन्, 'त्यसैले भगवनाभन्दा पहिला आमाकै नाम जप्ने गरेकी छु ।'

आमाको मामिलामा अर्की अभिनेत्री सरिता गिरीको धारणा पनि फरक छैन । प्रत्येक वर्ष आमालाई पूजा गरेर र उपहार दिएर औंसी मनाएकी उनले यस पालि भने त्यस्तो गर्न पाइनन्, आमा अस्ट्रेलियामा भएकाले । 'यो पटक संयोगै मिलेन,' उनले भनिन्, 'हजुरआमा र फुपू पनि गाउँ जानुभएको रैछ, त्यसैले साथीकी आमाको मुख हेरें । आखिर उहाँ पनि मेरी आमाजस्तै त हुनुहुन्छ नि ।'
सरिताका लागि आमा उनको जीवनकी पहिलो असल साथी हुन् । राम्रो काम गर्दा उत्साह थप्ने र नराम्रो काम गर्दा सल्लाह दिने हुँदा हरेक आमाको मायामा निःस्वार्थ भाव झल्किने उनको बुझाइ छ । 'कहिल्यै कसैको जीवनमा हस्तक्षेप नगर्नू,' सरितालाई आमाको अर्ती उद्धृत गर्दै भनिन्, 'मैले आमाबाट सिकेको ज्ञान यही हो । त्यसैले कसैको खुसीको लागि धेरै कुरा स्याक्रिफाइस पनि गरेकी छु ।'
'अभिनय गर्नुभन्दा पनि फिल्म क्षेत्रमा स्थापित हुनु ठूलो कुरा हो बाबु,' सौगात मल्ललाई कुनै बेला उनकी आमाले भनेकी थिइन्, जसलाई अभिनेताले अहिलेसम्म 'गुरुमन्त्र मान्ने गरेका छन् ।' यस पालि उनी पनि नवलपरासी घर जान पाएनन्, आमाको मुख हेर्न । सट्टामा काठमाडौंमै काकीलाई भेट्न गए । 'काकी पनि आमाकै अर्को रूप हो,' उनले भने । फिल्म क्षेत्रमा आफू स्थापित हुँदै जानुमा आमाको ठूलो देन रहेको उल्लेख गर्ने सौगातले सुनाए, 'उहाँको खुसीको लागि जे पनि स्याक्रिफाइस गर्न तयार छु ।'
कला र शैली

0 comments:
Post a Comment