२०७०-०२-१3
फिल्मी अपडेट ,काठ्माण्डौ
सञ्जय जेलभित्र, मान्यता फिल्म प्रवर्द्धनमा
मुम्वई – बलिउड हिरो सञ्जय दत्त पुनेको कडा सुरक्षा रहेको यरवाडा जेलमा दिनरात गुजारिरहेको समयमा उनकी पत्नी मान्यताले उनको व्यवसायलाई अगाडि बढाउन तयार भएकी छिन्।

दत्तको फिल्म पुलिसगिरीको प्रवर्द्धनका लागि उनी तयार भएकी छिन्। केएस रविकुमारले निर्देशन गरेको फिल्म जुन ५ मा रिलिज हुँदैछ। फिल्मको प्रवर्द्धनको क्याम्पिङमा मान्यता अर्को सातादेखि सक्रिय हुने भएकी हुन्।
स्रोतका अनुसार जेल जानुअघि सञ्जयले आफ्ना फिल्ममा रगत र पसिना परेकाले त्यसलाई सफल पार्न परिवारका सदस्यहरुलाई आग्रह गरेका थिए। लामो समयपछि सञ्जयको सोलो रोल रहेको फिल्म आउन लागेको हो। मान्यताले फिल्म प्रवर्द्धन यसकै आधारमा पनि गर्न लागेकी हुन्।
मान्यताले प्रवर्द्धन गर्ने यो फिल्मलाई सञ्जयको महत्त्वकांक्षी फिल्म मानिएको छ। जेल परेका सञ्जयको यो फिल्म १०० करोड क्लवमा छिर्न सक्ने या नसक्ने चासोको विषय बनेको छ।

0 comments:
Post a Comment