२०७०-०२-१3
फिल्मी अपडेट ,काठ्माण्डौ
बिगत लामो समय देखि नेपालि चलचित्र क्षेत्रमा दोन्द निर्देशन अनि खलनायकको पाटो समाह्ल्दै आएका अभिनेता तथा दोन्द निर्देशक राजेन्द्र खड्कीले आफ्नै निर्देशनमा एउटा चलचित्र तयार पारेका छन् ।
चलचित्र ""नथिङ इम्पोसिबल"" उनको पहिलो निर्देशन रहेको चलचित्र हो जस्मा खड्की परिवारको सदस्यको नै अभिनय हेर्न सकिन्छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र "नथिङ इम्पोसिबल "ले पत्रकार सम्मेलनको आयोजना गर्यो र चलचित्रको फस्ट लुक पनि सार्बजनिक गर्यो ।

नेपाल चलचित्र निर्माता संघ ,नेपाल चलचित्र निर्देशक समाजका अधक्ष्य तथा चलचित्र संघका माहासचिबले चलचित्र "नथिङ इम्पोसिबल "पोस्टर अनावरण गरेका थिए भने पुर्ब दोन्द निर्देशक तथा अभिनेता युबराज लामाले चलचित्रको प्रोमो सार्बजानिक गरेका थिए ।

यस चलचित्रमा खड्की परिवारको छोरा ,छोरी र नातिको साथै अन्यको पनि मुख्य अभिनय रहेको छ । यस चलचित्रमा दोन्द निर्देशक राजेन्द्र खड्कीले आफ्नो नातिलाई पहिलो पटक पर्दामा उतार्दै छन् । राजेन्द्रका नाति ८ बर्षीय बालक आर्यनले आईतबार गरिएको चलचित्रको फस्ट लुक सार्बजानिक समारोहमा चलचित्र भित्रको एउटा द्र्स्यमा जस्तै गरेर कार्यक्रमा इन्ट्री गरेका थिए ।

असार २८ गते प्रदर्शन मिति राखिएको यस चलचित्र "नथिङ इम्पोसिबल "मा दोन्द निर्देशक राज्नेद्र खड्गीको कान्छी छोरी रोमी खड्गी र छोरि रागीनिको छोरा आर्यनको साथमा राजेन्द्रको छोरा पनि पहिलो पटक पर्दामा देखिन लागेका छन ।

0 comments:
Post a Comment