123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:47 PM
0
२०७०-०२-०६
फिल्मी अपडेट ,काठ्माण्डौ

भारि बोकेरै भएपनि चढे सगरमाथा नायक अर्जुन कार्कीले 
गत केहि महिना अघि सर्बोच्च शिखर सगरमाथा चढ्ने अठोट लक्ष्य लिएका नायक अर्जुन कार्कीले अन्तत बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । कार्कीले सोमबार बिहान ७:३० बजे शिखरमा पाइला राखेको बताए उनका टिमका सर्म्पक अधिकृत ओङछु शेर्पाले।
गत केहि दिन अघि बिबादमा तानिएका कार्कीले अन्तत सहयोगीको अनुमति लिएर सगरमाथा चढेका हुन् । यद्दपि कार्कीले आरोहीको रुपमा भन्दा पनि शहयोगि भएर सगरमाथा चढेका हुन्। उनले  पशुपतिनाथको मन्दिर बाट  जल र प्रसाद लिई उक्त जल प्रशाद सगरमाथा चुचुरोमा पुराएका छन् ।
साथै शहयोगीकै रुपमा सगरमाथामा पुग्न लागेकी नायिका निशा अधिकारी भने चुचुरोमा पुग्ने क्रममा रहेकी छिन् ।
नायक अर्जुन कार्की मंगलबार बिहान ११ बजे हेलिकप्टर चार्टर गरि राजधानी आउने भएका छन् यद्दपि नायक अर्जुन कार्कीलाई भने नायिका निशा अधिकारि संगै बिशेष कार्यक्रम मा सम्मान गर्ने योजना चलचित्र कलाकार संघको योजना रहेको छ ।

0 comments: