123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:30 PM
0
२०७०-०२-०८
फिल्मी अपडेट ,काठ्माण्डौ

संचारकर्मी सुब्रत आचार्य पनि चलचित्र निर्देशन गर्दै / चलचित्रको नाम ‘अधकट्टी’ 
पछिल्लो समय नेपालि चलचित्र निर्माण र निर्देशनमा नेपाली संचारकर्मीहरु पनि अघि सर्न थालेका छन्  । चलचित्र बुझेर चलचित्र निर्माण गर्ने संचारकर्मीहरुले निर्माण गरेको चलचित्र अन्य निर्देशकहरुको भन्दा पृथक बन्ने गरेको छ र येस्तै पृथक र फरक चलचित्र निर्माण गर्ने भएका छन् संचारकर्मी सुब्रत आचार्यले ।

लामो समयदेखि कान्तिपुर साप्ताहिकमा रंग पत्रकारको रुपमा काम गरिसकेका सुव्रत आचार्य अब चलचित्रको निर्देशक हुने भएका छन् । सुब्रतालाई निर्देशक ऋषि लामिछाने र निर्देशक गणेश देब पाण्डेले निर्माणमा शहयोग गर्ने छन् ।

उनले अब चलचित्र ‘अधकट्टी’ बाट नेपाली चलाचित्र नगरीमा निर्देशकको ट्याग भिर्ने भएका हुन । निर्माता तथा
वितरक प्रदिप उदयले बनाउन लागेको उक्त चलचित्रको औपचारिक निर्माण घोषणा बुधबार राजधानीमा एक कार्यक्रमका बीच गरिएको थियो  । पूर्ण कमेडी फर्मुलामा निर्माण हुने चलचित्रमा कथा बिजय अधिकारीको रहने र चलचित्रको छायांकन भने साउनको दोश्रो साताबाट सुरु गरिने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्र ५० लाखको लगानीमा निर्माण हुने भएको छ  ।


0 comments: