२०७०-०१-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
शर्मालाई ३८ मतले हराउँदै राई निर्माता संघको अध्यक्ष पदमा विजयी / चुनाब मिश्रीत भयो
- नेपाल चलचित्र निर्माता संघको शनिबार आफ्नो साधारण सभा संग निर्बाचन पनि सम्पन्न गर्यो ।
- निर्माता संघको साधारण सभा सकिय लगत्तै वन्द सत्र सुरु भएको थियो । साधारण सभामा विभिन्न चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
- सम्मान हुनेहरुमा
- नेपाल चलचित्र निर्माता संघ सम्मानबाट चलचित्र निर्माता तथा हल संचालक उद्धव पौडेल
- नेपाल चलचित्र निर्माता संघ सम्मानबाट निर्देशक लक्ष्मिनाथ शर्मा(२०६८)
- प्रकाश थापा स्मृति पुरस्कारबाट निर्देशक निश्चल बस्नेत,
- प्रकाश थापा स्मृति पुरस्कार २०६९ बाट निर्देशक सुरज सुब्बा नाल्बो
- भगवान दास स्मृति पुरस्कार २०६९ बाट सायद चलचित्रका निर्माता सुनिल रावल,
- भगवान दास श्रेष्ठ स्मृति पुरस्कार २०६८ बाट लुटका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जन

साधारण सभा पछि लगत्तै चुनाबी मतदान सुरु भएको थियो ।
शनिबार भएको निर्बाचनमा अध्यक्ष पदमा राजकुमार बिजय भएका छन् भने अशोक शर्माको जित भने हुन सकेन । राजकुमारले १२४ मत प्राप्त गरेका थिए भने अशोक शर्माले ८६ मतमा चित्त बुझाउनु परेको थियो ।
कुल भोटर २४१ मध्ये २११ मात्र मतदान गरेका थिए । कडा सुरक्षाका बीच समपन्न भएको चुनाब १ २ घण्टा पछि राति ११ बजे सकिएको थियो ।

बिजय हुनेहरुको नावावोली यसप्रकार रहेको छ
- महासचिव पदमा भने केशव भट्टराईले ११० मत ल्याई विजयी भएका छन् । उनका प्रत्याशी सुरेश दर्पण पोख्रेलले ९८ मत प्राप्त गरे।
- सचिव पदमा छविराज ओझा भने विजयी भएका छन् । उनले प्रत्याशी सुशिल पोखरेललाई ४ मत अन्तरले हराए ,छविले १ सय मत ल्याएका थिए भने सुशिलले १०० मत प्राप्त गरे
- उपाध्यक्ष पदमा रोज राणा र उदय सुब्बा निर्विरोध विजयी भए भने , कोषध्यक्ष पदमा प्रज्ञा जोशी निर्विरोध भैइन।

निर्माता संघको सदस्य पदमा लागि २० जनाको उम्मेदवारी परेको थियो,जसमा
कविता श्रेष्ठले सर्वाधिक मत प्राप्त गरेकी छिन् [११७ मत ]।
जेनि कुँवर(९७),
माधव वाग्ले(१०७),
विरेन श्रेष्ठ(१०६),
सुनिल मानन्धर(१११),
गोविन्द शाही(९२),
करण श्रेष्ठ क्रेजी(९०),
डीक खड्का(९०),
दिनेश पाखि्रन(९२)

राजकुमार राइको प्यानलबाट रोज राणा मात्र उपाध्यक्ष पदमा निर्विरोध विजयी भएका छन् । अध्यक्ष पदमा चुनाव हारेका अशोक शर्माको प्यानका केशव भट्टराई र छविराज ओझा क्रमश महासचिव र सचिव पदमा विजयी भएका छन् । यस्तै उपाध्यक्ष पदमा अशोक शर्मा प्यानलका उदय सुब्बा निर्विरोध विजयी भएका छन् । यसैले पनि यो निर्वाचन मिश्रति देखिएको छ ।
बिजय सम्पूर्णलाई शनिबार नै बधाई तथा प्रमाण पत्र दिईसकेको छ भने पद तथा गोपनियेता को समपथ ग्रहण पनि हिजै शनिबार समपन्न भएको थियो ।
0 comments:
Post a Comment