123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:27 PM
0
२०७०-०१-२७
फिल्मी अपडेट ,काठमाण्डौ

सञ्चारमन्त्रीको हातमा पर्यो निर्देशक समाजको पत्र

नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमति अहिले तदारुकताका साथ् आफ़्नो काम कारबाहीमा अघि बढेको छ ।अधक्ष्यको रुपमा निर्देशक दिनेश डिशी निर्वाचित भए लगत्तै समाजको नयाँ कार्ययोजना अघि सरेको छ । साथै निर्देशक समाजमा नबनिर्बाचित पदाधिकारीहरु पनि अहिले आफ्नो कार्यमा अग्रशर भएर लागि परेका छन् । र यिनै नब निर्बाचित  दाधिकारीहरुले बिहिबार नेपाल सरकार मातहतको सूचना तथा सञ्चारमन्त्री संग भेट बार्ता गरेका । भेट बार्ता गर्ने टोलीमा समाजका उपाध्यक्षद्धय राजु के.सी., सुचित्रा श्रेष्ठ, महासचिव ऋषि लामिछाने, कोषाध्यक्ष सुमन दाहाल, सहकोषध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यहरु योगेश घिमिरे, गोकुल राई, शेखरखनाल र दुर्गा नेम्वाङ रहेका थिए ।
टोलीले सञ्चारमन्त्री माधव पौडेललाई मिति २०६९ माघ १९ गते तत्कालिन सञ्चारमन्त्रीले आन्दोलनरत चलचित्रकर्मीहरुसँग गरेको सम्झौतापत्रको प्रतिलिपि पनि बुझाएको थियो ।

समाजका पधादिकारीहरु संगको भेटमा संचार मन्त्री पौडेलले भने "तपाइँ हरुको हित हुने गरि म यो जतिसक्दो चाँडो  कार्यान्वयन गर्नेछु"। तापाइहरुको तत्काल पुरा हुन नसक्ने समस्याहरुलाई अब बन्ने राष्ट्रिय चलचित्र नीति मार्फत यथासग्य समबोधन गर्ने छु" मन्त्री पौडेल।

0 comments: