123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:54 PM
0
२०७०-०२-०५
फिल्मी अपडेट ,काठ्माण्डौ

माहानायक हमालाले बोके डोको हेर्नेको ओईरो 
शनिबार  मात्र मैत्री पूर्ण फुटबल खेलेको नेपाली चलचित्रका कलाकार र बिज्ञापन सङका सदस्यहरुले आइतबार बाग्मती नदिको सरसफाइ गरे ।

नयाँ पुराना सबै कलाकारहरु आइतबार पशुपति क्षेत्रमा देखिए बागमती नदीको सफाई गर्नको लागि ।
उपस्थित अनुहारमा हेर्न लायकको काम भने माहानायक राजेश हमालको थियो उनले फोहोरको डोको देखि लिएर साबेल सम्म उठाएका थिए भने उपस्थित सर्बसाधारणको नजर पनि माहानायक हमाल तिर नै थियो ।

आईतबारबाट नेपालि चलचित्रकर्मिहरु बाग्मती नदीको सरसफाई अभियानमा लागि परेका छन् भन्दा फरक भने पक्कै नपर्ला । माक्स ,पन्जा र एउटा सेतो रंगको टि-शर्ट लगाएर नेपाली चलचित्रका प्राय जसो सबै अनुहारहरु बिहान करिब ८ बजे पशुपति क्षेत्रमा पुगेका थिए ।
काठमाण्डौको पशुपतिनाथ क्षेत्र देखि सिनामंगल सम्म कलाकारहरुले बाग्मती नदीको सफाइ गरेका थिए ।  चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का, विज्ञापन एजेन्सी आनका अध्यक्ष राजकुमार भट्टराई, गायक बद्री पंगेनी, नायिका सौजन्य सुब्बा, पूजना प्रधान, पूर्व मिस नेपाल उषा खड्गी लगायतका सेलिब्रेटीहरु  पनि सफाई कार्यक्रममा सहभागी भएका थिए ।

आशापासका स्थानिय घरमा पुगेर कलाकारहरुले बागमती सफा राख्न आग्रह पनि गरेका थिए । तर भएको सरसफाई कार्यक्रमा कलाकार भन्दा शहयोगी संस्था गायत्री समाजका सदस्य सक्रिय रुपमा सफाइमा अघि सरेको देखिएको थियो । साथै सफाईमा नेपाल आर्मी पनि थुप्रै खटिएका थिए।

0 comments: