२०७०-०१-२६
फिल्मी अपडेट ,काठ्माण्डौ
फेसबुकमा नेपाली कलाकारहरु / यहाँ पनि छोडेन बिज्ञापन गर्न
युवा जमातबीच लोकपि्रय ‘फेसबुकडटम’मा नेपाली चलचित्र, संगीत फाँटका केही कलाकारले पनि आफ्नो उपस्थिति जनाएका छन् । फेसबुकमार्फत आफ्ना सन्देश साथीहरूमाझ पुर्याउने कलाकारमा नायक राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी), भुवन केसी, भूपेन चन्द, नायिका झरना बज्राचार्य आदि छन् । राजेश पायल राई, क्रान्ति आले, मोहित आचार्य, निमा रुम्बालगायतका गायक पनि यो साइटमा भेटिन्छन् । तर, अचम्म के छ भने फेसबुकमा उनीहरूका साथीहरू, सन्देशहरू भए पनि कतिपय कलाकारलाई फेसबुक भनेको के हो ? आफ्नोबारेमा कसले म्यासेज अपडेट गरिरहेको छ भन्ने थाहै छैन ।
फेसबुकमा हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (महजोडी) को फ्यान क्लबमा अहिलेसम्म हजारौ जना शुभचिन्तक छन् । तर, यो कुरा न त ‘म’ लाई थाहा छ न त ‘ह’ लाई नै । हरिवंशले भने, ‘ए हो र ? हामी (मदनकृष्ण श्रेष्ठ र हरिवंश) ले त त्यस्तो केही गरेका छैनाँ । मलाई यसबारे थाहै छैन । कोही मित्रले हाम्रोबारे प्रकाशन गर्नुभएको होला । …मेरो छोरो मोहितले कता हो हल्का कुरा गरेजस्तो लागेको थियो । तर, कार्यव्यस्तताका कारण बाबु-छोराको राम्ररी कुरा पनि हुन पाइरहेको छैन । मौका मिलाएर हेर्नुपर्ला ।’
‘मह’ को झै फेसबुकमा नायक राजेश हमालको पनि फ्रयान क्लब छ । फेसबुकमा हमाल आफैले एकाउन्ट खोलेर आफ्नो ‘इन्र्फमेसन, म्यासेज’ राखेका हुन् कि अरू कसैले हो भन्नेमा नायक हमाल नेपाल बाहिर गएकाले उनीसँग प्रत्यक्ष सम्पर्क हुन त सकेन, तर उनको पारिवारिक स्रोतका अनुसार यसबारे उनलाई केही पनि जानकारी छैन ।

हास्य कलाकार मनोज गजुरेल पनि फेसबुकका आकर्षण हुन् । उनको देउसी गीत तिहार नआउँदै फेसबुकसाथीले हेर्न पाइसकेका थिए । उनले आफ्नो भिडियो एल्बम ‘फोटोकपी’ लाई प्रोफाइल फोटोमा राखेका छन् ।
फेसबुकमा अर्का स्टार-भुवन केसी पनि छन् । उनका थुप्रै’फ्रेन्ड, फ्यान’ छन् । तर, अपशोच यो कुरा नायक भुवनलाई पनि थाहा रहेनछ । नायक भुवनले भने, ‘खै, मलाई त यसबारे केही थाहा छैन । ए…हैन/हैन…मेरो एकजना साथीले गरिदिएको हो ।’ को साथी ? नाम भन्नुहोस् न । ‘नाम…खै यार, के पो हो, नाम…मेरो अर्कौ मोबाइलमा छ । मैले पनि हेरेको छैन । हेर्ने रहरचाहिँ छ ।’
फेसबुकमा असली ‘लग अनर’ कलाकारमा चाहिँ गायक राजेश पायल राई भेटिए । उनले आफ्नोबारे ‘लेटेस् म्यासेज, इन्फरमेसन्स’ अपडेट गर्ने गरेका छन् । राईका अनुसार उनले फेसबुकमा एकाउन्ट खोलेको झन्डै चार महिना भयो । ‘फेसबुकबाट मलाई धेरै फाइदा भएको छ । आफूले गरिरहेको कामको बारेमा तत्काल मान्छेसमक्ष सन्देश पठाउन, नयाँ-नयाँ साथी बनाउन निकै सजिलो भएको छ । तर, के गर्नू म कार्य व्यस्तताका कारण आफैँले ‘लग अन’ गरिरहन सक्दिन । मेरा साथीहरू हुनुहुन्छ, उहाँहरूले मेरो म्यासेज अपडेट गरिदिनुहुन्छ । अहिले मेरो फेसबुकमा अर्थमन्त्री डा. बाबुराम भट्टराई पनि ‘फ्रेन्ड’ हुनुभएको छ । भगवान् जाने त्यो मन्त्रीज्यू आफैँले गर्नुभएको हो कि अरू कसैले हो । अचम्म लागेको छ ।
तर अहिले आफ्नो पर्सनल फेसबुकलाई आफ्नो चलचित्रको प्रमोसन गर्ने पाटो बनाएका छन् । नयाँ पुस्ताका कलाकारहरुले आफ्नो फेसबुकलाई चलचित्रको प्रमोसन गर्ने भाँडो बनाएका छन् । पछिल्लो समय हामीले देखेका तस्बिरहरु एकपटक तपाईहरुलाई पनि देखाउँछौं ।
कुनै अवार्डमा नोमिनेसनमा परे देखि कलाकारहरुले आफ्नो फेसबुक वालमा भोट माग्न बिहान द्केही बेलुका सम्म बसेर शेर गर्दछन तःप कुराहरु तलको तस्बिरबाट आफै बुझ्नुहोश ।

यी सबैजना कलाकारहरुले प्रमोसन को राम्रै फाईदा उठाउँदै छन् र उठाउनु पर्छ ।
All The Very बेस्ट ।
केहि कलाकारहरुको पर्सनल फेसबुक तपाइँ पनि फ्यान बनाउनुहोश
हाम्रोब्लग

0 comments:
Post a Comment