२०७०-०२-०७
फिल्मी अपडेट ,काठ्माण्डौ
सम्पादनको लागि तयार चलचित्र "मन मनमा"
नेपालि कथानक चलचित्र "मन मनमा" चितवन, नवलपराशी ,मकवानपुरको विभिन्न स्थानमा छायांकन सकी राजधानी फर्केको छ ,चलचित्र अब सम्पादनमा जाने निर्माण पक्षले बताएको छ ।
केहि दिन अघि चितवनमा विधिवत शुभसाइत गरेर छायांकन गरेको चलचित्र "मन मनमा"अन्तत करिब २५ दिनको नै छायांकन पश्चात सम्पादनको लागि तयार भएको हो ।
नेपाली चलचित्र उधोगमा दुई दशक भन्दा बढी समय देखि संघर्ष गर्दै आएका निर्देशक रमेश कोईरालाले चलचित्रलाई निर्देशन गरेका हुन्।
टेलिचलचित्र निर्माण तथा निर्देशनमा राम्रो दख्खल भएका निर्देशक कोईरलाले विभिन्न दुई दर्जन चलचित्रमा मुख्य सहायक रुपमा काम पनि काम गरिसकेका छन् ।


"मैले यस अघि थुप्रै चलचित्रमा मुख्य साहायक निर्देशक भएर काम गरिसकेको छु र मैले यस चलचित्र मार्फत मैले जानेको र बुझेको अनि सिकेको कुरालाई क्यामेरामा कैद गरेको छु" निर्देशक रमेश कोईरालाले फिल्मी अपडेट संगको कुराकानीमा भने ।
ज्ञानज्योति सिने मेर्कसको प्रस्तुती एवं केदार दवाडीको लेखनमा करिब ४० लाखको हाराहारीमा चलचित्र तयार हुने निर्माण पक्षको दाबि रहेको छ । शिक्षा नै मनिसको पहिलो आवश्यकता हो भन्ने मुख्य कथावस्तु रहेको त्रिकोणत्मक प्रेमकथा समेटिएको यस चलचित्रमा नव कलाकारहरुलाई स्थान दिएको बताउँछन् निर्माण पक्ष ।
नव-नायक प्रदिप गिरी, किशोर खड्का यस्तै नव नायिकामा रिजा सुगम सहित वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ, ध्रुव कोईराला, देवीराम पराजुली (भोक लाग्यो), रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय चलचित्रमा देख्न पाईने छ ।
वसन्त सापकोटाको संगीतमा दुई वटा गीत समावेश गरिएको छ भने रामेश्वर हुमागाईको छायाङ्कन र तारा सिलवाल कार्यकारी निर्माता रहेकी छिन् ।



0 comments:
Post a Comment