123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:02 PM
0
३१ बैशाख फिल्मी अपडेट
               नेपाली चलचित्र क्षेत्रमा रहेका र निर्देशकको ट्याग झुण्ड्याएका केहि निर्देशकहरु, निर्देशक भन्ने शब्द र पदको नै दुरुपयोग गरिरहेका छन् । निर्देशक बन्नका लागि धेरै कुराको ज्ञान र विज्ञ हुन जरुरी छ । तर हामी कहाँ भने ज्ञान र विज्ञ होईन दुई चार लाख पैसा हाल्न सक्ने मुर्गा खोजेर ल्याउन सक्यो भने सहजै निर्देशक बन्न सकिन्छ । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा मुर्गा खोजेरै निर्देशक बन्नेहरुको भिडभाड नै छ । त्यहि भिडभाड भित्रै मुर्खा खोजेकै भरमा निर्देशक बनेकाहरु मध्ये अग्रपंक्तिमा आउने नाम हो दिवाकर भट्टराई । २०५९ साल तिर सिनेमाको हिरो बन्ने भुत चढेपछि सिन्घुली जिल्लाबाट नाईट बस चढर काठमाडौ प्रवेश गरेका भट्टराई हिरो बन्न ढिला होला भनेर तुरुन्ता तुरुन्तै कोटेश्वरमा रहेको शिवंम् पोख्रेलद्धारा सञ्चालित डान्स सेन्टरमा डान्स सिक्न पुगे । विस्तारै विस्तारै फिल्मकर्मीहरुसँग चिनजान हुँदै जाँदा उनी पनि मुर्गा बने र घरबाट ल्याएको दुई चारहजार पनि फिल्मकर्मीले खाईदिए । त्यहि क्रममा उनको निर्देशक श्याम भट्टराईसँग पनि चिनजान भयो । श्यामलाई दाई बनाएर केहि समय श्याम कै घरमा आश्रय लिन पुगे । पछि श्याम र रञ्जनाको कुरा काटेर हिड्ने गरेको थाहा पाएपछि श्यामको घरबाट पनि निश्कासित हुन पुगे । श्यामको संगतपछि उनलाई हिरो होईन, निर्देशक बन्ने भुत लागिसकेको थियो । त्यसपछि निर्देशक बन्न कै लागि मुर्गाको खोजीमा भौतारिएका उनी अन्ततः निर्देशक बनेरै छाडे सुर्य कार्कीलाई मुर्गा बनाएर । सुरुमा ३० देखि ३५ लाख सम्ममा सिनेमा तयार गरिदिने अश्वासन दिएर अन्तमा सिनेमाको बजेट ६५ लाख पु¥याईदिएका थिए । निर्देशक दिवाकरका दुई प्रेमिकाको कारणले पनि सिनेमाको बजेट बढेको कार्की निकट श्रोत बताउँछ । तरुनी देख्ना साथ प्रेम प्रस्ताव राख्ने र हिरोईन बनाईदिन्छु भनेर अनेक फाईदा लुट्न माहिर भएको पनि निर्माता कार्की निकट श्रोतको दावी छ । निर्देशक भट्टराईका दुई प्रेमिकाले सुटिङ युनिटमै आएर लुछालुृछ गरेको कारणले पनि केहि दिन सुटिङ प्रभावित भएको थियो । निर्देशक भट्टराईमा निर्देशकिय क्षमता नभएकाले पनि सिनेमाको बजेट बढ्न पुगेको थियो । भट्टराईद्धारा निर्देशित चलचित्र ‘मेरो जिवन साथी’ सुटिङ  गर्न जति दिन लागेको थियो, पछि सिनेमा हलमा त्यति घण्टा पनि चलेन र निर्माता कार्की महलबाट सडकमा आए । शुरुमा ठूला ठूला सपना देखाउने र अन्त्यमा लगेर खाल्डोमा हाल्ने यस्ता झुठको खेती गर्ने निर्देशक भनाउदाहरु चलचित्र क्षेत्रमा रहेसम्म यो क्षेत्र कहिलेपनि माथि नउठने कार्की निकट श्रोतको दावी छ ।

0 comments: