२०७०-०१-२७
फिल्मी अपडेट्,काठ्माण्डौ
चलचित्र "साँघुरो" को प्रिमियर / विदेशीले पनि मन पराए
नेपालि चलचित्रको खस्केको चलचित्र बजारलाई २०७० शालको आगमनले केहि आशाका किरण देखाईदिएको छ । २०७० शालको सुरुवातमा प्रदर्शनमा आएको चलचित्र "हमेशा" र चलचित्र "नोटबुक"ले व्यापारिक सफलता हात पारेका थिए तेस्तै चलचित्र "मन्जरी" पनि हाल निकै रार्मो व्यापारिक इस्थितिमा रहेको छ ।

यस्तै व्यापरिक सफलता हात पार्ने मोस्ट अवेटेड चलचित्रमा नेपालि कथानक चलचित्र "साँघुरो"पनि रहेको छ । यहि चलचित्र "साँघुरो" ले बिहिबार राजधानीमा ग्राण्ड प्रिमियर सो को आयोजना गर्यो ।
चलचित्रकर्मी चलचित्र पत्रकार लगायत चलचित्र क्षेत्र संग सरोकार राख्ने बिभिन्न ब्याक्ति हरुले चलचित्र हेरेका थिए सबैले राम्रो लाग्यो भन्दै चलचित्र नयाँ टेस्टको रहेको पनि बताए ।
बिगत लामो समय देखि लण्डनमा छोटा चलचित्रहरु निर्माण यबम निर्देशन गर्दै आएका बेलाएती नागरारिक पल ले आफुले चलचित्रमा प्रयोग गरेको भाषा नबुझे पनि चलचित्रमा रहेका पात्रहरुको अभिनय र चलचित्रको प्रेजेंनटेसन स्टाईल र चलचित्रको कथा र मेकिङ्ग राम्रो लागेको बताय ।

सुक्रबार बाट यो चलचित्र QFX सिनेमाज लगायत देश भर करिब ३५ ओटा स्टेसनहरू बाट एकै साथ् प्रदर्शनमा आउने भएको छ ।
केहि दिन अघि सेन्सर बोर्ड बाट चलचित्रले 'यूनिभर्सल सर्टिफिकेट' पाएको थियो ।
एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशमा पर्ने द्वन्द्व र मनोदशालाई सिनेमाले उठान गर्न खोजेको बताउँछन् यसका निर्माण पक्ष ।
सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको "साघुँरो"लाई बिनोद पौडेलको कथा तथा पटकथामा निर्देशक जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अन्जय खड्काको सम्पादन रहेको छ । चलचित्रमा मदन गोपालको गित रहेको छ ।
0 comments:
Post a Comment