123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:28 AM
0
२०७०-०२-१०
फिल्मी अपडेट ,काठ्माण्डौ

जेठ महिनामा "कार्तिक" को शुभसाईत 
नेपालि कथानक चलचित्र "कार्तिक" ले राजधानीमा आज सुभ साईत गर्यो चलचित्र आज बाट बिधिबद रुपमा फ्लोरमा गएको छ  ।  सुक्रबार बिहान करिब १०  बजे राजधानीको कमलादी इस्थित गणेश मन्दिरमा सुभसाइत गरेको चलचित्र "कार्तिक" लाई पहिले एनिमेटर ,इडिटर भएर काम गरिसकेका निर्देशक कुमार शाहले निर्देशन गर्ने भएका छन्  ।

नेपाल चलचित्र प्राबिधिक संघका अधक्ष्य मनोज श्रेष्ठले क्यामेराको स्वित्च अन गरेर चलचित्रको पहिलो सट लिएका थिए भने नेपाल चलचित्र निर्माता संघक अधक्ष्य राजकुमार राईले नरिवल फुटाएका थिए त्यस्तै क्ल्याप हान्ने काम भने निर्देशक समाजका नव नियुक्त अधक्ष्य दिनेश डिशी ले लिएका थिए ।

शिल्फ़ फिल्म्सको पहिलो प्रस्तुति शिब कुमार श्रेष्ठको पहिलो चलचित्र "कार्तिक" मा  साम, दाम ,दण्ड ,भेद सबै संयोजन गरेर मशाला सहितको चलचित्र निर्माण गर्ने बताए निर्देशक कुमार शाहले  । चितवन जिल्लाको माडी चलचित्रको मेन सुटिङ्ग स्पोट रहने निर्देशक शाहले बताए ।

एक्शन फर्मुलामा निर्माण गरिने चलचित्र "कार्तिक"लाई रमेश कार्कीले खिच्ने छन् भने संगीत काली प्रशाद बास्कोटाको रहने छ  । राजकुमार उप्रेतीको  दोव्न्द रहने यस चलचित्रमा नायक भुपेन चन्द ,नायिका अनु शाह ,सुरबिना मगर , आकाश मगर , उमेश खडका ,मिन घनाल , आदि रहेका छन्  । 

0 comments: