123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:47 AM
0
२०७०-०१-२७
फिल्मी अपडेट,काठमाडौ

 FRIDAY RELEASE: ४ चलचित्र प्रदर्शनमा / सबैको आफ्नै विशेषता 
सानो र साँघुरो नेपालि चलचित्र बजारमा आज सुक्रबार बाट ४ नेपालि कथानक चलचित्र  प्रदर्शनमा आएको छ
धन्न बिदेशी चलचित्रमा हिन्दि तर्फ कुनै चलचित्र आज प्रदर्शनमा आएका छैनन येद्दपी आजे भारतीय चलचित्र "‘गो गोहा गन’ " प्रदर्शनमा आउने भनिएको थियो तर सेन्सरमा ढिला भएको कारण चलचित्र निर्धारित मितिमा आउन नासएको बताएका छन् वितरकहरुले ।

आज सुक्रबार बाट प्रदर्शनमा आएका नेपालि कथानक चलचित्रहरुमा मोस्ट अवेटेड चलचित्र "साँघुरो" तेस्तै  ‘ब्ल्याक नाइट’, ‘रिङ रोड’ र ‘पहिलो माया हो यो’ हरु हुन् । यी ४ चलचित्रहरु उपत्तेका भित्र र बाहिर गरेर प्रदर्शनमा आएका हुन् ।

"साँघुरो"
 फ़्राईडे रिलिज अन्तर्गत परेको चलचित्र "साँघुरो" ले बिहिबार राजधानीमा ग्राण्ड प्रिमियर सो को आयोजना पनि गरेको थियो।
चलचित्रकर्मी चलचित्र पत्रकार लगायत चलचित्र क्षेत्र संग सरोकार राख्ने बिभिन्न ब्याक्ति हरुले चलचित्र हेरेका थिए सबैले राम्रो लाग्यो भन्दै चलचित्र नयाँ टेस्टको रहेको पनि बताए  ।

केहि दिन अघि सेन्सर बोर्ड बाट चलचित्रले  'यूनिभर्सल सर्टिफिकेट' पाएको थियो ।
एउटा साघुँरो कोठाभित्र कुण्ठित रहने सेक्सको बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र ‘साघुँरो’ दमित अवस्थामा राखिएको आकांक्षाले आकार लिन खोज्दा व्यक्तिको चरित्र र मनोदशमा पर्ने द्वन्द्व र मनोदशालाई सिनेमाले उठान गर्न खोजेको बताउँछन् यसका निर्माण पक्ष ।
सुशांक मैनाली, दिया मास्के, अरुणा कार्की, दयाहाङ राई, रवी गिरी लगायतका कलाकारको अभिनय रहेको "साघुँरो"लाई बिनोद पौडेलको कथा तथा पटकथामा  निर्देशक जोएश पाण्डेले निर्देशन गरेका हुन् । समिर मैनालीको निर्माणमा तयार भएको चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, अन्जय खड्काको सम्पादन रहेको छ  । चलचित्रमा मदन गोपालको गित रहेको छ ।

‘ब्ल्याक नाइट’
सामाजीक मुल्य मान्यता बाट बन्चित भएका र कुसस्कार मा हुर्केका ति यूवा यूवतिको बिषय समावेश गरिएको चलचित्र ‘ब्ल्याक नाइट’पनि आज बाट प्रदर्शनमा आएको छ । चलचित्र व्ल्याकनाइटलाइ हिराज बाबु गोर्खाली ले निर्माण गरेका छन भने निर्देश मधु सुधन भट्टराई हुन् ।
blacknight
चलचित्र व्ल्याकनाइटमा  निशा रिसाल, विक्रम शाह, सुरज चिलवाल, सुरेश चिलवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने, मोनिका दाहाल, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शिवम अधिकारीको पटकथा, चन्द्र पन्तको द्वन्द्व, विकास चौधरी र राजिव शाहको संगीत छ ।


 ‘रिङ रोड’
निर्माता विजय गोपाल दलिको निर्माण अनि ओसियन भिजन प्रा ।लिको प्रस्तुतिमा सन्तोष ढकाल र समुन्द्र भट्टको संयुक्त निर्देशनमा बनेको नेपालि कथानक चलचित्र "रिङ्ग रोड" आज बाट प्रदर्शनमा आएको छ ।
चक्रपथ अथवा काठ्माण्डौको समसामयिक यात्राको क्रममा  आउने बाधा र कष्टलाई चलचित्रको कथामा ढालेर चलचित्र  "रिङ्ग रोड" को निर्माण गरिएको छ ।

चलचित्रमा रिङ्ग रोड  समस्याको जड तथा त्यसको निराकरणको प्रस्तुतिमा रिङ्ग रोडको कथावस्तु अल्झेको कुरा बताऊछन निर्माता विजय गोपाल दलि ।
विशेष गरि युवाहरुलाई लक्षित गरि निर्माण गरिएको यस चलचित्रमा एक युवक कसरी खराब संगतका कारण बिग्रन पुग्छ र एउटि केटीको साथले उसको जिवनमा के-कस्ता परिवर्तनहरु ल्याउछ भन्ने सामाजिक  सन्देशका साथ् चलचित्र निर्माण भएको बताऊछन निर्माण पक्ष्य ।
सुरज आर.डी, उषा खनाल समुन्द्र भट्ट, बसन्त रिजाल आदि कलाकारको अभिनयमा  रमन गायकको संगीत रहेको छ।
 ‘पहिलो माया हो यो’

0 comments: