२०७०-०१-२१
फिल्मी अपडेट ,काठ्माण्डौ
चुनाबी माहोल / निर्माताहरुको मोबाईलमा एस एम एस को ओइरो
नेपालि चलचित्रको बजार खस्केको बेला ,चलचित्रको हित र जगेर्ना गर्ने समय आएको बेला चलचित्र क्षेत्रको हित गर्ने भनेर खुलेका चलचित्र सरोकारका संघ सस्था हाल चुनाबी माहोलमा रहेका छन् ।
गत केहि दिन अघि नेपाल चलचित्र निर्देशक समाजको चुनाब सम्पन्न भयो र अधक्ष्य दिनेश डिशी भए भने आज नेपाल चलचित्र निर्माता संघको चुनाब हुँदै छ ११ बजे बिहान होटल बैशाली ठमेल काठमाण्डौमा । जसका लागि सम्पूर्ण कार्य पुरा भैसकेको बताएका छन् कार्यसमिति सदस्य सुमन दाहालले ।

अहिले नेपालि चलचित्रका अधिकांश निर्माताहरुको मोबाईलमा "मलाई भोट दिनु म नि उठेको छु यो पटक "भन्दै उमेदवारी दिने निर्माताहरुको एस एम एस को ओईरो लागेको छ ।
फिल्मी अपडेट संग कुरा गर्दै गर्दा एक जना निर्माताको मोबाईलमा ६ ओटा भन्दा बढी भोट मागेको एस एम एस आएको थियो । हामीले तपाइको मोबाईलमा किन एस एम एस रिङ्ग मात्र बज्दै छ ? भनेर प्रश्न गर्दा निर्माताले भने "यो भोट माग्नेको एस एम एस हो"। फिल्मी अपडेटले सो निर्माता संग कुरा गरिरहंदा निर्मात्री कबिता श्रेष्ठको मात्र ३ ओटा एस एम एस लगातार एकै पटक आएको थियो ।

- चुनाबी अपडेटमा हाल सम्म दुई उपाध्यक्ष र कोषाध्यक्ष पद निर्विरोध भएको छ । उपाध्यक्षमा रोज राणा र उदय सुब्बा निर्विरोध पक्का भएको स्थिती रहेको छ ।
- कोषाध्यक्ष पदमा चाहि प्रज्ञा जोशीको मात्र उम्मेदवारी परेकोले उनी पनि पक्का भएकी छिन पदको लागि। स्मरण रहोश प्रज्ञा जोशीहालको कार्यसमितिमा कोषाध्यक्ष पदमा नै रहेकी छिन् ।
- महासचिवमा सुरेश दर्पण पोखरेल र केशव भट्टराईको उम्मेदवारी रहेको छ ।
याँहा कुरा बेग्लै छ सुरेश दर्पण पोखरेल राजकुमार राईको प्यानल हुन् भने केशव भट्टराई अशोक शर्माको प्यानलमा रहेका छन् । - त्यस्तै सचिव पदमा पनि दुवै प्यानलका उम्मेदवारहरुको घमाशान पक्का रहेको छ । अशोक शर्मा प्यानलका छवि ओझा हुन् भने राजकुमार राई प्यानलका सुशिल पोखरेल उम्मेदवारका रुपमा चुनाबी मैदानमा उभिएका छन् ।
- २ सय ४१ भोटर पक्का भएको चुनाबको लागि कार्यसमितिका लागि चुनाब बाट ९ आउने छन् यद्दपि उम्मेदवारी भने २० जनाको परेको छ ।

- दिनेश पाख्रिन,
- डिक खड्का,
- राजेश घतानी,
- सुसन प्रजापति,
- माधव वाग्ले,
- विरेन श्रेष्ठ,
- सुनिल मानन्धर,
- प्रभु शम्शेर जबरा,
- मनिष पन्थ,
- बिक्रम शाह,
- उकेश दाहाल,
- कविता श्रेष्ठ,
- जेनी कुबँर,
- हरि बराल,
- नन्द किशोर श्रीवास्तव,
- सुनिल रावल,
- मोहन डोटेल,
- बिजय बस्नेत,
- गोविन्द शाही र
- करन श्रेष्ठ ।
0 comments:
Post a Comment