123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

12:11 PM
0
२०७०-०१-२४
फिल्मी अपडेट ,काठ्माण्डौ

नायिका रेखा थापा निकालिएकी हुन त !
छवि क्याम्पवाट नायिका रेखा थापा आउट हुने कुरा फिल्मी बजारमा केहि समय अघी नैकै नै चर्चामा आएको थियो। र अन्तत् यो सत्य नै भएको छ । निर्माता छवि राज आझाले चलचित्र "लोफर"को काम शुरु गरेपश्चात यो कुराको पर्दा फास्ट भएको हो । त्यसैले चलचित्र "लोफर"मा नायिका थापा लाई कतै पनि स्थान दिएको छैन ,सिदा भाषामा भन्दा नायिका रेखा थापा लाई छवि आझाको नया चलचित्र लोफरमा लिइएको छैन ।
ललितपुरको गोदाबरीमा सोमबार देखि चलचित्रको बिधिबत पुजा गरि छविराज प्रोडक्शनको व्यानरमा चलचित्र ‘लोफर’को निर्माण सुरु भएको छ ।

आर्यन सिग्देल,दयाहाङ राई, सुशिलराज पाण्डे, अनुपम शर्मा आदिको मुख्य अभिनय रहने यस चलचित्र नव निर्देशक आदित्य विक्रम शाहको निर्देशनमा तयार हुने भएको छ   । सोनाल सापकोटाको संगीत, मदन काश्यप घिमिरेको छायांकन तथा चन्द्र पन्तको एक्सन अनि कविराज गहतराजको नृत्य रहने यस चलचित्रको  छायांकन गोदाबरी, काठमाण्डौको साथै विरगञ्जका केहि क्षेत्रमा हुने जानकारी निर्माण पक्षले जानकारी गराएका छन्  । चलचित्रको प्रदर्शन असोज २५ गते फुलपातीको दिनमा गरिने वताइएको छ ।

0 comments: