123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:01 PM
0
२०७०-०१-२४
फिल्मी अपडेट ,काठ्माण्डौ

"समाज भाँड्ने फिल्म निर्माणलाई कानुनले रोक्नुपर्छ"
नेपाली फिल्म ‘चपली हाइट’ र ‘पलपलमा’ ले देखाएको बाटोमा हिडदा राम्रो ब्यापार हुने लक्षण देखिएको हुँदा आजकाल धेरै जसो फिल्म अश्लििनता तिर उन्मुख हुन थालेका छन । लुट र चपली हाइट चलचित्रले व्यावसायिक सफलता’पाए र चर्चा पनि धेरै नै चुलियो । लुटमा बेरोजगारले बैंक लुटेको अनि चपली हाइटमा दृई साथीले एउटै केटी साथी ‘सेयर’गरेर यौनव्यवहार गरेको कथा बाट दर्सकले के म्यासेज लिने ? दर्सक अलमलमा छन । यस्तो ट्रेन्डले नेपाली चलचित्र र उद्योगलाई भबिस्यमा सभल दिशा तर्फ पक्कै पनि लादैन । लुट र चपली हाइट बाटनै प्रभावित भएर कतिपय निर्माताले तेस्तै धारको चलचित्र निर्माणमा जुटेको देखिन्छ । अझ त्यस्ता फिल्ममा अभिनय गर्नका लागि नायक भन्दा नवनायिकाहरु जस्तो दृश्य दिन पनि तयार हुने गरेका छन । लुट र चपली हाइटको कथावस्तु नेपाली समाजमा नसुहाउँदो मात्र होइन, चाहिने भन्दा बढी छ । पुरानो फिल्म र्निमाण शैलीलार्इृ तोड्ने नाममा सेक्सको मामिलामा बढी उदारता देखिएको छ,। कतिपय नयाँ फिल्मको ‘प्रोमो’ हेरिनसक्नुको छ ,अब मुलांकन आफै गर्नुहोश ।

दर्शकको रुचि र चाहनाअनुसार’ भन्दै निर्माण भैरहेको पछिल्ला चलचित्रमा टङकिस, टपलेस र सेक्सका जीवन्त दृश्य दिन नायिकाहरु लागि परेका छन । कति नायिका त चलचित्र सुटिङको पहिलो सटलाई नै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचारप्रसार गरिरहेका देख्न सख्छौ ।

सुटिङका क्रममा नायिकानै अत्तालिने दृश्यले आमदर्शकको मनलार्इृ कता लैजाला ? यो सोचनीय विषय बनेको छ । ‘प्ले गर्ल’को यस्तै चर्चाले पनि त्यस बेला फिल्मी बजार तताएको थियो । केही समय अघाडी ‘प्ले गर्ल’ कि नायिका र निर्देशकको बीच सबै लुगा खोलेर शूटिंग गर्ने कुरामा मतभेद भएको समाचार आएको थियो  । विनाप्रसंगको टङकिस, जथाभाबी टपलेस, छाडा संवाद र अर्थ न बर्थको कथाले पछिल्ला नेपाली फिल्मीहरु सामाजिक र मर्यादित छैनन भन्दा दुई मत न होला ।

अब कुरा जोडी प्रदर्शनको लागि पालो कुरेर बशेको केहि चलचित्रहरुको जसमा सेक्स सिन समाबेश रहेका छन् । नेपालि कथानक चलचित्र ,बर्बाद युज ,अप्रिल फुल ,लभ फरेवर ,किन किन  लगायतका चलचित्रहरु प्रदर्शनको क्रममा रहेका छन् यी चलचित्र हरुले सम्मानित सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पत्रमा "A" बिल्ला पाइसकेको छ यद्दपि चलचित्र "बर्बाद " भने अझ पनि सेन्सर को आँखामा बिजाईरहेको छ यो चलचित्र सेन्सर बाट ८० % अश्लिल भो भन्दै [प्रदर्शनको अनुमति पर्खेर बशेको छ ।

सोच्नैपर्ने विषय के छ भने प्रर्दशनका लागि अनुमति पाउनुभन्दा पहिला नै कलाकारहरुले आफ्ना ‘हटसिन’हरु फेसबुक, ट्विटर, युटुबजस्ता सामाजिक सञ्जालमा हालिरहेका छन । ‘कसैलाई दाम र चर्चा कमाउनु छ भन्दैमा परिवारमा बसेर र्हेनै नसकिने, समाज भाँड्ने फिल्म निर्माणलाई कानुनले रोक्नुपर्छ,’। यसखाले फिल्मको निर्माणलार्इृ निरुत्साहित नगर्ने हो भने फिल्म इन्डस्ट्रीको लगानी डुब्ने मात्र होइन, समाजलार्इृ यौन उच्छृंखलताले गाँज्दै लाने पक्का छ । सेक्स फिल्मको लहरले फिल्म इन्डस्ट्रीले फेरि करोडौँ रुपियाँ डुबाउने पक्का छ ।’

केहि चलचित्रका हट प्रोमोहरु



बेलैमा सुध्रिने प्रयाश गर्नुहोला सबैलाई चेतना भया 

राज सुबेदी ,सह प्रकाशक फिल्मी अपडेट डट कम 

0 comments: