123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:21 PM
0
२०७०-०१-२३
फिल्मी अपडेट ,काठ्माण्डौ


नेपाली नायिकाहरु बेरोजगार बनेपछि दुःखी 
समयलाई चिन्न नसक्दा, समयको मागलाई बुझ्न अनि दर्शकको माग र चाहनाअनुरूप आफूलाई प्रस्तुत गर्न नसक्दा यतिबेला ठूलो सपना बोकेर चलचित्र क्षेत्रमा होमिएका केही नायिकाको अवस्था घर न घाटको भएको छ।

यता क्रमशः दर्शकमा नवप्रवेशी हिराइनहरूले छाप छोड्न थालेपछि दश वर्षअघिदेखि निरन्तर रूपमा सिनेमा क्षेत्रमा होमिएका नायिकाको नाम त हटाउने अवस्थामा पुगिनै सक्यो, त्यसमाथि पनि आफ्नो जवानीका उमेरहरू चलचित्र क्षेत्रलाई दिँदा यतिबेला उमेर पनि बाटो काट्दा अहिले यता न उताको अवस्थामा छन् यिनीहरू। रेजिना उप्रेती, नन्दिता केसी, ऋचा घिमिरे र सञ्चिता लुइँटेलको अवस्था साँच्चीकै नाजुक हुन थालेको छ।

एकपछि अर्को नयाँ चलचित्रमा व्यस्त हुनुपर्ने समयमा यिनीहरू हाल कोही सन्तान खेलाएर घरतिरै बसिरहेका छन् भने कोही कसैले फिल्मको अफर गर्लान् कि भन्ने आशमा मोबाइलको घन्टी कुरेर बसिरहेका छन्। तर, यिनीहरू सबैको आशमा तुषारापात हुने गरेको छ।

चर्चाको शिखरमा हुँदाहुँदै सञ्चिताले निखिल उपे्रतीसँग सुटुक्क बिहे गर्नु नै उनका लागि अभिशाप बन्न पुग्यो। अहिले दुई सन्तानकी आमा बनेकी सञ्चितालाई निखिलले पनि त्यति वास्ता गर्दैनन् भने उनी अहिले माइतीको रेखदेखमा बस्छिन्। विवाहित छोरीको रेखदेख माइतीले गर्नुपर्दाको ठूलो पीडा अरू के नै हुन्छ र? निर्माता निर्देशकहरूको नजरमा अब सञ्चिता पर्न छाडेकी छिन्।
पहिले नै अरूले फिल्म नखेलाएपछि आफैँ निर्मात्री भएकी ऋचाको पीडा पनि कम छैन। सन्तान पाएपछि मोटाएकी ऋचालाई लहडमा चाँडो विवाह गर्नु नै घात बन्न पुगेको छ। अब लगभग उनी सिनेमा क्षेत्रबाट हराएकोजस्तै भइसकेको छ। क्षमता हुँदाहुँदै आफ्नै कारणले पछि परेकी ऋचा यो उमेरमा आएर सन्तान खेलाउनुमा नै सीमित हुन पुगेकी छिन।

अन्य दुई नायिका रेजिना उपे्रती र नन्दिता केसी अविवाहित त हुन् तर त्यो भए तापनि उनीहरूको जादु अब सिनेमा क्षेत्रमा नचल्ने निश्चित भएको छ। एउटै अभिनय र खासै प्रभाव पार्न नसक्ने उपस्थितिका कारण रेजिना र नन्दिताको चलचित्र क्यारियर पनि यतिबेला माइनस हुँदै गइरहेको छ। आकर्षक उचाइको अभाव पनि यी दुईलाई मार खुवाउने माध्यम बन्यो। पछिल्लोपटक रेजिना सिनेमाको निर्मात्री पनि बनिन् तर त्यो सिनेमा पनि नचल्दा उनको नैराश्यता छाएको छ। अर्की हिरोइन नन्दिताले भने म्युजिक भिडियोतिर फाट्टफुट्ट काम पाइरहेकी छिन्।

खल्ली बल्ली समाचार 


0 comments: