123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:01 PM
0
२०७०-०२-०७
फिल्मी अपडेट ,काठ्माण्डौ

चलचित्र पत्रकार संघको १५ औ बार्षिक उत्सव सम्पन्न / माहानयक हमालले  गरे कार्यक्रम सन्चालन (फोटो फिचरसहित)

मंगलबार चलचित्र पत्रकार संघले काठमाण्डौमा आफ्नो १५ औ बाषिर्कोत्सव आयोजना गरी भव्यताका साथ मनाएको छ ।
माहानायक राजेश हमालले कार्यक्रमको उद्घोषकको रुपमा कार्यक्रम संचालन गरेका थिए , उनि लगायत नेपालि चलचित्रका चर्चित कलाकारहरु  तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो  उपस्थितीमा चलचित्र पत्रकार संघले बाषिर्कोत्सवक भव्य र सभ्य रुपमा मनाएको हो ।

बाषिर्कोत्सवको अवसरमा वि.सं २०६९ सालको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो । बर्ष ६९ को चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार विजयरत्न तुलाधरलाई सम्मानित गरिएको हो । उनलाई सम्मानपत्र, ढाकाटोपी, दोसल्लाका साथमा विभिन्न गिफ्ट ह्याम्परका साथ सम्मान गरिएको थियो ।यस्तै बर्ष ६९ सालको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्धय सन्दिप सापकोटा र सन्तोष रिमाललाई पुरस्कृत गरिएको हो । पत्रकारद्धयलाई जनही १५ हजार ५ सय नगदका साथ थुप्रै गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
राष्ट्रिय चलचित्र नीति निर्माण समितीका संयोजक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नायक राजेश हमाल, जीवन लुइटेल, आर्यन सिग्देल, नायिकाद्धय करिश्मा मानन्धर र झरना थापाको उपस्थिती थियो । कार्यक्रमको अन्तिममा नायिका करिश्मा मानन्धर, झरना थापा र नायक राजेश हमालले केक काटेका थिए ।

यस्तै चलचित्र पत्रकार संघले वि.सं २०७० सालको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार प्राप्त गर्ने पत्रकारहरुको नाम पनि घोषणा गरेको छ । कार्यक्रम चलिरहेको समयमा संघको कार्यसमितीको बैठक स्टेजमै बसेर नाम घोषणा गरिएको हो । चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार अनन्त वाग्लेलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस्तै, चलचित्र पत्रकारिता पुरस्कार २०७० बाट पत्रकारद्धय अशोकप्यासी राई र जयन सुब्बा मानन्धरलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।कार्यक्रमको सुरुवातमा चलचित्र पत्रकारिताको इतिहास देखि वर्तमानसम्मको अवस्था बारे चित्रित दृश्य प्रस्तुत गरिएको थियो । यसपश्चात स्टेजमा उक्लिएका नायक राजेश हमालले चलचित्र पत्रकार र कलाकार बिच लभ र हेटको सम्बन्ध रहेको बताए । उनले भने, ‘जहाँ माया हुन्छ त्यहाँ हेट पनि हुन्छ ।’ राजेशले गरेको चलचित्र पत्रकार र चलचित्रकर्मी बिचको लभ र हेटको सम्बन्धलाई उपस्थित चलचित्रकर्मी र पत्रकारहरुले ताली बजाएर समर्थन गरेका थिए ।
संघका अध्यक्ष बिदुर गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया उपस्थित चलचित्रकर्मीहरुले दिएका थिए । चलचित्र पत्रकार संघको स्थापना भएको अवसर पारेर जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउने गरिन्छ ।


















0 comments: